ह्याप्पीभेल्ली चियाकमान भोलिदेखि खोलिने

0
1068

दार्जीलिङ, 25 फरवरीः केही  दिनअघि बन्द भएको ह्याप्पीभेल्ली चियाकमान भोलि अर्थात् बुधवारदेखि खोलिने भएको छ।

श्रमिक र कर्मचारीहरूको वेतनलगायत प्रबन्धक एनपी सिंहको कार्यशैली र व्यवहारलाई केन्द्र गरी भएको विवादको कारण पछिल्लो 14 फरवरीदेखि ह्याप्पीभेल्ली चियाकमान भोलिदेखि खोलिने भएको हो।

आज संयुक्त श्रमायुक्त कार्यालय सिलगढ़ीमा बसिएको त्रिपक्षीय बैठकमा मालिकपक्षले भोलिदेखि कमान खोल्ने निर्णय गरिएको हो।

जानकारीका अनुसार बैठकमा श्रमिकहरूले पाउनुपर्ने चार रोजमध्ये तीनचोटिको रोज आउँदो शुक्रवार बाँड़िने मालिकपक्षले बताएको छ। यसैले कर्मचारीहरूलाई वेतन पनि दिने बताइएको छ।

श्रमिक सङ्गठनहरूका अनुसार श्रमिकहरूलाई रहल एक पालिको रोज भने आउँदो 7 मार्चका दिन दिइनेछ।

यसैबीच, ग्रेजुटी र अन्य सहुलियतका लागि  15 दिनभित्रमा पुनः समीक्षा बैठक बसेर छलफल गरिने निर्णय पनि आजको त्रिपक्षीय बैठकमा लिइएको थप बताइएको छ।

उल्लेखनीय छ, ह्याप्पीभेल्ली चियाकमानमा 210 श्रमिक-कर्मचारी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here