सुरक्षा उपायको माग गर्दै मानिसहरूद्वारा एशियन हाइवे-2 अवरोध

0
1645

सिलगढ़ी, 25 फरवरीः मतिगढ़ा थानाअन्तर्गत कदमतलास्थित भानु नगरका गाउँलेहरूले मङ्गलवार सड़कमा ओर्लेर एशियाइ हाइवे-2 ठप्प बनाए।

वास्तवमा चिडियाँ मोड फ्लाइओभरमा दुर्घटनालाई रोक्नका लागि गोलचक्कर (राउन्डअबाउट), ब्यारिकेड र हेलोजनको मागमा उनीहरूले एशियाइ हाइवे-2 अवरोध गरेका थिए।

स्थानीय पञ्चायत सदस्य अभिराज सुब्बाको नेतृत्वमा गाउँलेहरूले आज अपराह्न करिब 1 बजेसम्म राजमार्ग ठप्प बनाएका थिए।

यसका साथै स्थानीय मानिसहरूलाई सुरक्षा प्रदान गर्न विफल बनेको आरोप लगाउँदै उनीहरूले राजमार्गका अधिकारी र स्थानीय प्रशासनविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए।

यसबारे बोल्दै पञ्चायत सदस्य सुब्बाले भने, “यो क्षेत्र उच्च जोखिम क्षेत्र बनेको छ। किनभने यातायातलाई नियन्त्रित गर्नका लागि यहाँ ट्राफिक पुलिस बस्ने गर्दैनन्। यो फ्लाइओभरमा वाहनहरू अत्यधिक तीव्र गतिमा गुड़्ने गर्छन्। यसैले पनि यहाँ गोल चक्कर, ब्यारिकेड र हेलोजनको माग हामीले गरेका हौं, ताकि सम्भावित दुर्घटनाहरूलाई रोक्न सकियोस्।”

उनका अनुसार सुरक्षा उपाय नगरिएकै कारण यो क्षेत्रमा धेरैपटक दुर्घटना हुनेगरेको छ।

साथै ट्राफिक व्यवस्था नभएको कारण सड़क किनारमा बस्ने मानिसहरूले आफ्नो ज्यान जोखिममा राखेर सड़क पार गर्ने गर्छन्।

सुब्बाका अनुसार तीव्र गतिमा गुड़्ने वाहनहरूको धक्काले धेरै गाई वस्तुको मृत्यु भइसकेको छ।

यसैबीच, अपराह्न  मतिगढ़ा थाना अधिकारी सुबल घोष र ट्राफिक अधिकारी विनय सिंहचुड़ी त्यहाँ पुगेर प्रदर्शनकारीहरूलाई सम्झाएपछि राजमार्ग खुला गरिएको थियो।

दुवै पुलिस अधिकारीले गाउँलेहरूको मागअनुसार सुरक्षा उपाय गरिने आश्वासन दिएपछि प्रदर्शनकारीहरूले अपराह्न करिब 1 बजे राजमार्ग खुला गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here