विधानसभाको चुनाउ गोर्खा स्वाभिमान बचाउने चुनाउः अनित थापा

0
1087

खरसाङ, २५ फरवरीः आउँदो विधानसभा चुनाउ गोर्खा स्वाभिमान बचाउने चुनाउ रहेको अनित थापाले बताएका छन्। साथै यो स्वाभिमानलाई जिताउनुपर्ने कार्यकर्ताहरूलाई आह्वान गरे।

आज खरसाङस्थित टाउन हलमा विनय तामाङपन्थी गोजमुमोको चुनावी कर्मी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभामा म जिम्मेवारी निर्वाह गर्नेछु, म आफ्नो बूथ जिताउनेछु’ भन्ने सङ्कल्प गरिएको थियो। विनयपन्थी मोर्चाले यसपटक बूथ जितौँ, चुनाउ जित्यौँ नारा बनाएको छ।

कर्मी सभालाई सम्बोधन गर्दै विनयपन्थी मोर्चा महासचिव थापाले अहिलेसम्म आफूहरूले परिवार भएर कार्य गरिरहेको र यसै परिवारमा बस्नका लागि झन् बेसी कार्य गर्नुपर्ने आवश्यकताबोध कार्यकर्ताहरूलाई गराए।

साथै उनले दार्जीलिङका तीनवटै विधानसभा सिटमा आफ्नो पार्टीको उम्मेदवार खड़ा हुने पनि स्पष्ट पारे।

“विनय तामाङ र अनित थापाले गोर्खाल्याण्ड बेचे भन्ने विचार मानिसको मनमा हालिदिएको कुरा अब प्रायः निस्किसक्यो”. अनित थापाले थपे, “अहिले जनताले बुझेका छन्, गोर्खाल्याण्ड बेच्ने पनि होइन, किन्ने पनि होइन। यो त केवल कुर्सीको मुद्दा मात्र रहेछ।”

अर्कोतिर उनले पहाड़का गोर्खा खसीको मासुमा बिक्री हुन्छ भनेर राजु बिष्टले भन्दा पनि मानिसहरूले भाजपालाई  अझ विश्वास गरेकोमा आश्चर्य व्यक्त गरे।

“भाजपाका नेताले आफ्नो भाषणमा गोर्खालाई चौकीदार भनेर इङ्गित गर्दा ताली बजाउने हाम्रै गोर्खा। खोई हाम्रो स्वाभिमान?”, थापाले प्रश्न गरे।

सभालाई खरसाङ महकुमा समितिका कार्यकारी अध्यक्ष समीरदीप ब्लोन र चुनाउ संयोजक मोहन लामाले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here