मास्क र सेनिटाइजरको नाममा सस्तो राजनीति नगरियोस् : क्रामाकपा

0
930
गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, २५ मार्चः कोरोना भाइरसको वैश्विक महामारीबाट दार्जीलिङ पहाड़लाई बचाउनका लागि सबै एकजुट बन्नु पर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)- बताएको छ।

यद्यपि मास्क र सेनिटाइजरको वितरणको नाममा सस्तो राजनीति गर्न नहुने क्रामाकपा प्रवक्ता गोविन छेत्रीको भनाइ छ।

“कोरोना भाइरसबाट बच्नका लागि मास्क र सेनिटाइजर वितरण गर्नु आवश्यक छ। तर सस्तो राजनीतिलाई हेरेर मास्क र सेनिटाइजर वितरण गर्नु राम्रो होइन”, छेत्रीले थपे, “अहिलेघरी केही राजनीतिक दलले सामाजिक दूरीको उल्लङ्घन गरी हुलका हुल बाँधेर सस्तो राजनीतिका लागि मास्क र सेनिटाइजर बाँड़्ने कार्य गरिरहेका छन्, जुन राम्रो होइन।”

क्रामाकपा प्रवक्ताले भने, “हामीले मास्क र सेनिटाइजर बढ़्न हुँदैन भनेका होइनौं। बढ़्नु राम्रो कार्य हो। तर ती राजनीतिक दलहरूले सम्बन्धित निकाय या स्वास्थ्यकर्मीहरूमार्फत् वितरण गरेको राम्रो हुनेथियो। यसले सामाजिक दूरीको अनिवार्यतालाई उल्लङ्घन गर्ने थिएन। बरू मास्क र सेनिटाइजर बाँड़्ने पार्टीहरूले यी सामग्री हामीले बाँड़ेका हौं भनेर तोक्दा पनि भइहाल्छ।”

अर्कोतिर उनले सरकारले जरूरी र आपात्कालीन सेवाबाहेक जम्मै निजी क्षेत्र र सरकारी क्षेत्र लकडाउनको घोषणा गरे तापनि दार्जीलिङ पहाड़का चियाकमानहरूको बुधवार पनि खुल्लै रहेकोमा तीखो शब्दमा निन्दा गरेका छन्।

 “फर्स्टफल्सको लोभमा चियाश्रमिकहरूको जीवनको मोल, सुरक्षालाई आँखीओझेल गरी काममा खटाउने मालिकपक्षविरुद्ध सरकारको  दृष्टि परोस्’’, छेत्रीले भनेका छन्, “चियाश्रमिकलाई लकडाउनअवधिको रोज दिएर सुरक्षित घरमा बस्ने व्यवस्था गर्नुपर्छ।

अर्कोतिर गोविन छेत्रीले परिस्थिति साम्य भई स्वाभाविक स्थिति नफर्केसम्म क्रामाकपाले मार्च महिना हुने भनिएको महाधिवेशनलगायत राजनीतिक र साङ्गठनिक कार्यक्रम स्थगित गरेको पनि जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here