भोलिदेखि उत्तर बङ्गालमा मेडिकल कलेजमै कोरोना भाइरसको परीक्षण हुने

0
1195
(फाइल फोटो)

दार्जीलिङ, २५ मार्चः भोलि अर्थात् बिहीवारदेखि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कोरोना भाइरसको परीक्षण हुने भएको छ।

सांसद राजु विष्टले जानकारी गराएअनुसार सरकारले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा इन्डियन काउन्सिल अव् मेडिकल रिसर्च (आईसीएमआर)-द्वारा स्वीकृत कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापित गरेको छ, जुन परीक्षण प्रयोगशाला भोलिदेखि शुरु हुनेछ।

उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमै कोरोना भाइरसको परीक्षण हुने भएकाले अबदेखि कोलकाताबाट परीक्षण रिपोर्ट पर्खिरहनुपर्ने बाध्यता हटेको छ।

उल्लेखनीय छ, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कोरोना भाइरसको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने मागमा पछिल्लो १६ मार्चका लागि सांसद राजु विष्टले केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनलाई पत्राचार गरेका थिए।

यससम्बन्धमा आजै बिहान पनि केन्द्रिय स्वास्थ्यमन्त्रीसँग उनको कुराकानी र भर्खरै मात्र उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कोरोना भाइरसको परीक्षण प्रयोगशाला स्थापित गरिएको  र यो प्रयोगशाला भोलिदेखि नै शुरु हुने जानकारी प्राप्त भएको पनि बताएका छन्।

यसैबीच, यस कोरोना भाइरस परीक्षण प्रयोगशालाको स्थापनाका लागि सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र स्वास्थ्य मन्त्री डा. हर्षबर्धनप्रति आभार प्रकट गरेका छन्।

यसका साथै अब उत्तर बङ्गालका मानिसहरूले अबउसो उनीहरूको परीक्षण कोलकाता पठाउनका लागि कुरिरहन नपर्ने र यो बचेको समय कोरोना भाइरसको जोखिमसँग लड़्न सङ्क्रमण रोक्नका लागि महत्त्वपूर्ण हुने पनि विष्टले बताएका छन्।

अर्कोतिर सांसद राजु विष्टले आफ्नो क्षेत्रका मानिसहरूले घरभित्रै बस्ने तथा समय समयमा हात धुइरहने अनुरोध पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here