कोलकाता, 25 अप्रेल : पश्चिम बङ्गालको नदिया जिल्लाको रानाघाटबाट बेपत्ता बनेका नोडल चुनाउ अधिकारी अर्नब राय सुरक्षित पाइएको छ। उनलाई बिहीबार हावड़ा रेलवे स्टेशन नजिक एक घरबाट सुरक्षित पाइएको हो।
उप पुलिस निरीक्षक निशत परवेजले भने, ‘‘अर्नब रायलाई हाउड़ा स्टेशन नजिक पाइएको छ। उनी सुरक्षित छन् र अहिले उनी हावड़ामा आफ्नो ससुरालीमा छन्। छानबिनपछि उनी के कारण र कसरी बेपत्ता भएका थिए, त्यसबारे पत्तो लाग्नेछ।’’
30 वर्ष राय ईभीएम र भीभीपीएटका प्रभारी थिए। उनी पछिल्लो 18 अप्रेलको दिन सम्पन्न दोस्रो चरणको मतदान सकिएपछि बेपत्ता बनेका थिए। उनी रानाघाट संसदीय क्षेत्रको कृष्णनगरमा तैनाथ थिए।
समाचार स्रोत : एएनआई