बिष्टद्वारा प्रधानमन्त्रीलाई पत्राचार, भेन्टिलेटर र थप उपकरणहरूको माग

0
1013
राजु बिष्ट।

दार्जीलिङ, 25 अप्रेलः वैश्विक महामारी बनेको कोरोना भाइरसविरुद्ध जुझ्नका लागि उत्तर बङ्गालको स्वास्थ्य सेवाको असमक्षता र तत्परतामा कमी तथा स्वास्थ्यकर्मी र अग्रिम पङ्क्तिका योद्धाहरूले झेलिरहेको समस्यालाई सांसद राजु बिष्टले पुनः एकपटक उठाएका छन्।

उनले यसै विषयलाई उठान गरी आज प्रधानमन्त्रीलाई पत्राचार गरेका छन्।

विष्टका अनुसार उनले पत्रमा उत्तर बङ्गालका अस्पतालहरूमा भेन्टिलेटरको अत्यधिक अभाव रहेको अवगत गराउँदै गहन उपचारका लागि थप भेन्टिलेटर र अन्य उपकरणहरूको माग गरेका छन्।

‘मैले प्रधानमन्त्रीलाई उत्तर बङ्गालमा स्वास्थ्य सेवा पूर्वाधारको र कोभिड-19 विरुद्ध जुझ्नका लागि पूर्वतयारीको अभावबारे पनि अवगत गराएको छु’, सांसदले थप भनेका छन्, ‘कोभिड-19 झेल्नका लागि क्षेत्रको स्वास्थ्य सेवाको क्षमताबारे मैले धेरै कल प्राप्त गरिरहेको छु।’

यसका साथै उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी र आईसीएमआर सचिव तथा महानिर्देशक डा. बलराम भार्गवलाई उत्तर बङ्गालमा अत्यधिक कम परीक्षणबारे जानकारी गराइसकेको पनि बताएका छन्।

बिष्टले थप बताएअनुसार उनले द्रूत परीक्षण र नमूना जाँचका लागि अनुरोध गरेका छन्, ताकि आवश्यक परेकाहरूले चाँड़ोभन्दा चाँड़ो उपचारको पाउन सकुन्।

यसैगरी उनले आउँदा दिनहरूमा थप परीक्षण गरिने तथा क्षेत्रका सबै सरकारी अस्पतालमा चाँड़ोभन्दा चाँड़ो भेन्टिलेटर र आवश्यक इन्टेन्सिभ केयर युनिट (आईसीयू) उपकरणहरू परिपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here