दार्जीलिङ, 25 अप्रेलः दार्जीलिङमा फेरि एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यसपटक कोरोनाका कारण मृत्यु हुने पुरुष हुन्।
यसका साथै दार्जीलिङमा कोरोनाका कारण मृत्यु हुनेहरूका सङ्ख्या 5 पुगेको छ।
दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाले बताएअनुसार दार्जीलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामाकोरोना सङ्क्रमित 80 वर्षीय वृद्धको हिजो राति करिब 1 बजी मृत्यु भएको हो। उनको आज बिहानै कोविड प्रोटोकल्सअनुसार अन्तिम संस्कार गरिएको छ।
डा. चन्दाका अनुसार कोरोना सङ्क्रमित ती वृद्धको अवस्थामा अत्यन्त सोचनीय थियो। मृतक दार्जीलिङ महकुमानिवासी हुन्।
“कोरोना सङ्क्रमित भएर अस्पतालमा जतिजना पनि उपचारका लागि भर्ती भइरहेका छन्, उनीहरूको अक्सिजन लेवल एकदमै हुनेगर्छ। यसैले उनीहरूको अवस्था पनि सोचनीय हुनेगर्छ”, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि उनले भने।
डा. चन्दाका अनुसार अहिलेसम्म दोस्रो लहरको कोरोनाका कारण दार्जीलिङमा जति जनाले पनि आफ्नो ज्यान गुमाए, उनीहरूको अक्सिजन लेबल (सेच्युरेसन) 35 प्रतिशतभन्दा कम्ती थियो।
अर्कोतिर, कोरोनाकै कारण हिजो अपराह्न खरसाङनिवासी एक 45 वर्षीय पुरुषको सिलगढ़ीको एक अस्पतालमा मृत्यु भएको बताइएको छ। उनको हिजै कोविड प्रोटोकल्सअनुसार सिलगढ़ीमै अन्तिम संस्कार गरिएको पनि जानकारी पाइएको छ।