खरसाङका थप एक कोरोना सङ्क्रमितको मृत्यु

0
1160

सिलगढ़ी, 25 अप्रेलः खरसाङका थप एकजना कोरोना सङ्क्रमितको आज बिहान करिब 9 बजी सिलगढ़ी प्रधान नगरस्थित निवेदिता नर्सिङ होममा उपचाराधीन अवस्थामा मृत्यु भएको छ।

56 वर्षीय मृतक महिला खरसाङ सन्त मेरीनिवासी डा. रिता शर्मा हुन्। उनीडा. एकलव्य शर्माकी पत्नी हुन्।

पारिवारिक सूत्रका अनुसार पछिल्लो 16 अप्रेलका दिन दिल्लीबाट फर्केका उनी त्यसै दिनदेखि बिरामी भएकी थिइन्। त्यसै दिन उनको स्वास्थ्य जाँच गराइएको थियो भोलिपल्ट अर्थात् 17 अप्रेलका दिन यस नर्सिङ होममा भर्ना गरिएको थियो।

सोमबार उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका पठाइएको थियो। बुधबार कोरोना जाँच पोजिटिभ आएको थियो।

पारिवारिक सूत्रमार्फत् जानकारी पाएअनुसार उनको स्वास्थ्यमा धेरै सुधार आइसकेको थियो भने अक्सिजन लेबल पनि बढ़ेर 90 प्रतिशतसम्म पुगेको थियो। यद्यपि आज बिहान उनको अचानक मृत्यु भयो।

आजै उनको कोविड प्रोटोकल्सअनुसार सिलगढ़ीमै अन्तिम संस्कार गरिएको छ।

जानकारीका अनुसार उनका पति डा. एकलव्य शर्माको पनि कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो। तर, उनले स्वास्थ्यलाभ गरिसकेका छन्।

उल्लेखनीय छ, हिजो अपराह्न पनि खरसाङ नगरपालिका क्षेत्रनिवासी एक 45 वर्षीय पुरुषको कोरोनाका कारण सिलगढ़ीको एक अस्पतालमा मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here