दक्षिण दिनाजपुरको करदाहमा मर्मान्तिक वाहन दुर्घटना, सोनादानिवासी बीडीओको मृत्यु

0
1145
वाहन दुर्घटनामा ज्यान गुमाएका बीडीओ छोगेन मोक्तान (फोटोः फेसबुकबाट साभार।

सिलगढ़ी, २५ मईः आइतवार अपराह्न दक्षिण दिनाजपुरअन्तर्गत तपन थानाका करदाह क्षेत्रमा भएको मर्मान्तिक वाहन दुर्घटनामा सोनादा मिलिङ चियाकमाननिवासी  ३० वर्षीय खण्ड विकास अधिकारी (बीडीओ) छोगेल मोक्तानको मृत्यु भएको छ।

जानकारीका अनुसार उक्त सड़क दुर्घटना हिजो करिब १.३० बजे भएको हो।

यी युवा खण्ड विकास अधिकारी जिल्लाको तपन खण्ड विकास कार्यालयमा कार्यरत् थिए।

जानकारीका अनुसार हिजो दक्षिण दिनाजपुर र मालदा जिल्लाको सीमा आमतलीघाट क्षेत्रमा नाका चेकिङका लागि खण्ड विकास अधिकारी छोगेन मोक्तान गएका थिए।

नाका चेकिङपछि आफ्नो कार्यालय फर्किरहेका समय तपन थानाअन्तर्गत करदाह क्षेत्रमा उनको वाहन दुर्घटना भएको हो। यस दुर्घटना उनीलगायत वाहनका चालक गम्भीर घाइते भएका थिए।

तत्कालै घटनास्थलमा पुगेको तपन थानाका पुलिसकर्मीहरूले उनी र चालकलाई उद्धार गरी पहिलो स्थानीय ग्रामीण अस्पतालमा उपचारका लागि लगेका थिए।

त्यसपछि उनलाई बालुरघाट जिल्ला अस्पतालमा रेफर गरिएको थियो। बीडीओको अवस्था चिन्ताजनक बनेपछि त्यहाँबाट सिलगढ़ीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल रेफर गरिएको थियो। तर ल्याइँदै गर्दा बाटोमै उनको मृत्यु भएको बताइएको छ।

नाका चेकिङबाट फर्किरहेको उनको वाहन अनियन्त्रित भई सड़क किनारमा रहेको रूखमा जोड़सँग ठोकिएको थियो।

यस दुर्घटनामा बीडीओका वाहन पूर्ण रूपले क्षतिग्रस्त भएको छ।

यसैबीच पारिवारिक सूत्रबाट प्राप्त जानकारीका अनुसार सानैदेखि मेधावी रहेका छोगेल मोक्तान करिब एक वर्षअघि खण्ड विकास अधिकारी (बीडीओ) –को पदमा दक्षिण दिनाजपुर जिल्लाको तपन खण्ड विकास कार्यालयमा नियुक्त भएका थिए।

जानकारीका अनुसार उनी मूलरूपले मिलिङ चियाकमानको गैरी गाउँनिवासी भए तापनि केही वर्षदेखि सोनादा डीबी रोडमा बस्दै आएका थिए।

युवा बीडीओ छोगेन मोक्तानको बीभत्स मृत्युले गाउँमा शोकको लहर छाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here