दार्जीलिङ, 25 जून : दार्जीलिङ सीजेएम कोर्टले भूमिगत अवस्थामा रहेका गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-का अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीलाई देशका कुनै पनि स्थानबाट बिनावारन्ट पक्राउ गर्न सकिने दार्जीलिङ सदर थानाका आईसीले तीर्थ नाथले बताएका छन्।
मङ्गलबार सदर पुलिसले उल्लिखित कुराको जनसाधारणलाई जानकारी गराउँदै शहरका मुख्य मुख्य ठाउँमा पोस्टरिङ गरेको छ।
आईसी नाथका अनुसार दार्जीलिङ सीजेएम कोर्टले विमल र रोशनलाई घोषित अपराधी (प्रोक्लेम्ड अफेन्डर) घोषित गरेको छ। कोर्टद्वारा घोषित अपराधीलाई देशका कुनै पनि स्थानमा देखिएको/भेटिएको खण्डमा बिनावारन्ट पक्राउ गर्नसकिनेछ।
नाथले भने, ‘अघिबाटै विमल गुरुङ र रोशन गिरीविरुद्ध वारन्ट थियो, तर अब कोर्टले घोषित अपराधी बताएपछि यी दुईलाई देशका कुनै पनि स्थानबाट बिनावारन्ट पक्राउ गर्न सकिनेछ।’
DAM HEY TOH PAKDO 56 INCHKA SINA HONA CHAHIYE