मिरिक बजार र कृष्ण नगर सात दिन बन्द रहने

0
1360
फोटोः सकिला गुरुङ।

मिरिक, २५ जूनः मिरिक बजार र कृष्ण नगर आउँदो सातदिनसम्म पूर्ण रूपमा बन्द गरिने निर्णय लिइएको छ।

आज यी दुवै बजारका व्यवसायी समिति, मिरिक महकुमा अधिकारी, मिरिक नगरपालिकाका अध्यक्ष, मिरिक थानाका प्रतिनिधि र दुवै वार्डका नगरपार्षदमाझ सम्पन्न एक बैठकमा यस्तो निर्णय लिइएको मिरिक व्यवसायी समितिका अध्यक्ष सुरज गोलेले जनसंवादलाई बताएका छन्।

उनका अनुसार मिरिक बजार र कृष्ण नगरमा कोरोना सङ्क्रमणको मामिला प्रकाशमा आएपछि सतर्कता अपनाउँदै यी दुइवटै बजारलाई एक सातासम्म पूर्ण बन्द गर्ने निर्णय लिइएको हो।

बन्दमा कतिवटा आवश्यकीय सेवालाई भने छुट दिइएको छ। यद्यपि दूध भने अपराह्न १ बजेसम्म मात्र बिक्री गर्न पाइने गोलेले बताएका छन्।

“मिरिक बजार र कृष्ण नगरमा कोरोना सङ्क्रमणको मामिला प्रकाशमा आएपछि सतर्कता अपनाउँदै हामीले बजारलाई बन्द गर्ने निर्णय गरेका हौं”, उनले भनेका छन्।

मिरिक व्यवसायी समितिका अनुसार यी दुवै बजार संलग्न बाइपास क्षेत्र पनि बन्द रहनेछ।

उल्लेखनीय छ, हिजो मिरिकमा कोरोना सङ्क्रमणका चारवटा मामिला प्रकाशमा आएको थियो, जसमध्ये दुइवटा मिरिक बजार र एउटा कृष्णनगरको थियो।

अर्कोतिर कोरोना सङ्क्रमित पाइएको क्षेत्रमा प्रशासनद्वारा सेनिटाइजेशन कार्य गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here