सीबीएसई बोर्डका दशौं र बाह्रौं श्रेणीको रहल परीक्षा रद्द

0
1352
प्रतीकात्मक फोटो (साभारः इन्डियन एक्सप्रेस।

नयाँ दिल्ली, २५ जूनः देशभरि कोरोना भाइरसको बढ़्दो सङ्क्रमणलाई ध्यानमा राखेर केन्द्रिय माध्यमिक शिक्षा बोर्ड अर्थात् सीबीएसईले दशौं र बाह्रौंको १ देखि १५ जुलाईबीच हुने भनिएको रहल परीक्षालाई रद्द गरिएको छ।

बोर्डले सर्वोच्च न्यायालयमा सुनवाइअवधि आफ्नो फैसलाबारे न्यायालयलाई अवगत गरायो।

सीबीएसई बोर्डको लम्बित परीक्षा १ देखि १५ जुलाईसम्म हुने भनिएको थियो। तर परीक्षा रद्द गर्ने विषयलाई केही अभिभावकले सर्वोच्च न्यायालयमा याचिका दर्ता गरेका थिए, त्यसपछि न्यायालयले बोर्डलाई के परीक्षा रद्द गर्न सकिन्छ भन्ने प्रश्न गरेको थियो।

यसैको जवाफमा बोर्डले न्यायालयलाई दशौं र बाह्रौं श्रेणीको रहल परीक्षा रद्द गर्ने फैसला गरिएको जानकारी गराएको छ। स्थिति सामान्य भएपछि बाह्रौं श्रेणीको रहल परीक्षा हुने सम्भावना छ। जानकारीका अनुसार दशौं श्रेणीका विद्यार्थीहरूले भने अब परीक्षा लेख्न पर्नेछैन।

परीक्षासँग सम्बन्धित सबै जानकारी दिनका लागि सीबीएसई बोर्डले भोलि अर्थात् शुक्रबार एक अधिसूचना जारी गर्नेछ।

अधिसूचनामा परीक्षा रद्द भएको खण्डमा अङ्क र परिणाम सम्बन्धित जानकारी गराइनेछ।

यस्ता छन् विकल्प:

-जुन विषयहरूको परीक्षा हुन बाँकी थियो, त्यस विषयमा विद्यार्थीहरूलाई आन्तरिक मूल्याङ्कनको आधारमा औसत अङ्क दिएर प्रमोट गर्नसकिनेछ।

-यसबाहेक सम्बन्धित विषयमा अङ्क सुधारका लागि पछि परीक्षा लेख्ने विकल्प विद्यार्थीहरूले प्राप्त गर्न सक्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here