तीनधारे, 25 जूनः तीनधारेमा गएको पैह्रोले फेरि राष्ट्रिय राजमार्ग-55 चुँड़िएको छ।
स्थानीय गैरीगाउँ छेउ लाम्पाते गैरीमा गएको ठूलो पैह्रोले राष्ट्रिय राजमार्ग चुँड़ाएको हो।
शङ्कर निवासबाट सोहोरिएर झरेको उक्त पैह्रोले राजमार्गलाई पूर्ण क्षति पुऱ्याएको छ। पैह्रोले शङ्कर निवास छेउ पनि राष्ट्रिय राजमार्गलाई पनि क्षति पुऱ्याएको छ। यस ठाउँमा सड़कमा मुनिबाट ठूलो भ्वाङ परेकाले कुनै पनि समय रहर भाग पनि भत्किने आशङ्का छ।
जानकारी अनुसार बिहीबार मध्यराति पैह्रो झरेको हो। उक्त पैह्रोले रेलवेको लिकलाई समेत क्षति पुऱ्याएको छ।
पैह्रो गएकै ठाउँ छेउ रहेका दुईवटा घर भाग्यवश सुरक्षित रहेका छन्।
उल्लेखनीय छ, राष्ट्रिय राजमार्गलाई घरी घरी पैह्रोले भत्काउने गरेको छ।
2011 को सेप्टेम्बर महिनामा गोलाइपाखा छेउ रेलवे कारखानालाई सेपेर गएको भीषण पैह्रोका कारण राष्ट्रिय राजमार्ग धेरै वर्ष बन्द रहेको थियो।
यसै वर्षको शुरूमा उक्त ठाउँमा सड़कको भव्य मरम्मतीकार्य पूरा भएको थियो।
अब फेरि लाम्पाते गैरीमा ठूलो पैह्रो गएर राष्ट्रिय राजमार्गलाई चुँड़ाएपछि यो राजमार्ग वाहनहरूको चलाचल लामोसम्म ठप्प रहने निश्चित छ।