महिलाको भुँड़ीभित्र डेढ़ किलो आभूषण र सिक्का

0
1170
प्रतीकात्मक फोटो।

वीरभूम, २५ जुलाई : एक महिलाको पेटको सर्जरी गरेर डेढ़ किलो आभूषण र सिक्का निकालिइएको छ। पत्याउनै नसकिने तर सत्य यो अनौठो घटना वीरभूमको हो।

स्थानीय रामपुरहाट सरकारी मेडिकल कलेज एवं अस्पतालको सर्जरी विभागका प्रमुख सिद्धार्थ विश्वासका अनुसार एक २६ वर्षीय महिलालाई केही दिनअघि भुँड़ी दुखेको निहुँमा अस्पतालमा ल्याइएको थियो। पछि अल्ट्रासाउन्ड गर्दा ती महिलाको पेटभित्र आभूषण देखियो। महिलालाई तत्काल भर्ती गरी अपरेशन गरियो।

डा. विश्वासका अनुसार महिलाको भुँड़ीबाट ५ र १० रुपियाँको ९०  वटा सिक्कासमेत नाकको फुली (बुलाकी) बाइँ, चेन, पायल, बाला र घड़ी आदि निकालिइएको छ। डाक्टरका अनुसार महिलाका भुँड़ीबाट लिकालिइएको आभूषण धेरजसो ताँबा र पित्तल र केही सुनका छन्।

ती महिलाकी आमाका अनुसार घरबाट आभूषण हराइरहेका थिए। यसबारे महिलासँग केरकार गर्दा रुने गर्थिन्। महिला मानसिक रूपले अस्वस्थ रहेको बताइएको छ। पछिल्ला केही दिनयता खाना खाएपछि उल्टी गर्ने गर्थिन्।

जानकारीका महिलाले आफ्ना भाइको दोकानबाट ५ र १० रुपियाँको सिक्का ल्याउनेगर्थिन्। आमा-छोरालाई लाग्थ्यो- उक्त सिक्काले केही किन्ने गर्छिन्। तर सिक्कै खानेगरेको उनीहरूले थाहै पाएका थिएनन्।

पछिल्ला दुई महिनासम्म ती महिला बिमार भइन्। घर परिवारले धेरैपटक डाक्टर देखाउँदा पनि महिलाको स्वास्थ्यमा कुनै सुधार आएन। पछि महिलालाई रामपुरहाट सरकारी मेडिकल कलेज एवं अस्पताल लिएर गएपछि भुँड़ीभित्र आभूषण र सिक्का रहेको जाँचमा पत्तो पाइयो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here