दार्जीलिङ, २५ जुलाईः आज दार्जीलिङ आइपुगेका गोजमुमो दुईका कार्यवाहक अध्यक्ष एवं महासचिव अनित थापाले दार्जीलिङ पहाड़लाई राम्रो पहाड़ बनाउनु नै आफ्नो मिशन रहेका बताएका छन्।
साथै साङ्गठनिक कार्यक्रमका लागि केही दिन दार्जीलिङमै बस्ने पनि उनले जानकारी गराएका छन्।
उनले पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “हिजोसम्म हामी जसरी अघि बढिरहेका थियौँ, त्यसरी नै अघि बढ़्नेछौँ। दार्जीलिङ पहाड़लाई शान्तिमय र विकसित बनाउने हाम्रो जुन सोच थियो, त्यही सोचमा अघि बढ़्नेछौँ।”
अर्कोतिर उनले नयाँ पार्टी बनाउन सोच अहिले नै नबनाएको पनि थापाले खुलाए।
उल्लेखनीय छ, आज दार्जीलिङ आइपुगेका थापाले ठाउँ ठाउँमा पार्टी कार्यकर्ताहरूले स्वागत जनाएका थिए।
यस अवसरमा मोर्चा दुईका शीर्षस्थ नेतृत्वहरू पनि उपस्थित थिए।