ग्रामीण क्षेत्रमा कन्टेनमेन्टः अघिल्लो आदेशमा आंशिक संशोधन

0
860

गान्तोक, 25 जुलाईः ग्रामीण क्षेत्रको एउटा घरमा कोरोना सङ्क्रमित पाइए सम्पूर्ण वार्डलाई नै कन्टेनमेन्ट क्षेत्र घोषित गर्ने निर्णयमा सरकारले संशोधन गरेको छ।

कोरोना सङ्क्रमणका मामिला रोकथामको उपायका रूपमा सरकारले 16 जुलाईका दिन आदेश जारी गरी ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमित पाइए वार्डलाई नै कन्टेनमेन्ट क्षेत्र बनाउने नियम लागू गरेपछि मानिसहरूले व्यापक समस्या क्षेल्न परिरहेको थियो।

नयाँ नियमले असुविधा भएपछि विभिन्न पक्षले सरकारसमक्ष यस नियममाथि पुनर्विचारको आग्रह गरेका थिए।

विभिन्न पक्षबाट माग उठ्न थालेपछि गृह विभागले 16 जुलाईमा जारी गरेको आदेशमा आंशिक संशोधन गर्दै अब उपरान्त ग्रामीण क्षेत्रमा पनि कोरोना पाइएका घरलाई मात्र कन्टेन्ट गरिने नयाँ नियम बनाएको छ।

गृह विभागले आज जारी गरेको आदेशका अनुसार अबउसो ग्रामीण क्षेत्रमा पनि माइक्रो कन्टेन्मेन्ट जोन लागू गरी कोरोना सङ्क्रमित भएका घर वा यस वरिपरिका घरहरूका समूहलाई मात्र कन्टेन्ट गरिनेछ।

सम्बन्धित जिल्लाका जिल्लापालले कोरोना सङ्क्रमित भएका घरको कति क्षेत्रलाई कन्टेन्ट गर्ने भन्ने कुरा अवस्था हेरेर निर्णय गर्नसक्ने आदेशमा उल्लेख गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here