देशका लागि बाँच्ने अटलजी

0
1330

प्रभात झा
वर्तमान भारतीय राजनीतिमा सत्ता या विपक्षमा रहँदा जनश्रद्धाको केन्द्र बनिरहनु त्यतिनै दुष्कर हो, जति आज पनि चन्द्रमा पुग्नुमा छ। अटल बिहारी वाजपेयी 12 वर्ष ओछ्यान परे। देशका करोड़ौं घरमा उनको नित्य चर्चा नभएको  कुनै दिन थिएन। उनी सर्वप्रिय थिए। पक्षका र विपक्ष दुवैका लागि। स्वाधीनता अघिका नेताहरूले समाजको जुन कल्पना गरेका थिए, त्यसलाई बनाउने जुन काम अटलजीले गरे, त्यो काम आजभन्दा अघि देशका कुनै नेताले पनि गरेनन्।
संसदमा भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरूअघि संसदमा आफ्नो वाणीले संसदका सदस्यहरूको हृदयलाई स्पन्दित बनाउने अटल बिहारी वाजपेयीजीबारे नेहरुजीले भनेका थिए, “म यी युवकमा भारतका भविष्य देखिरहेको छु।’’ साँच्चै नेहरूजीले उनमा जे देखेका थिए, त्यसलाई अटलजीले आफ्नो कर्मले माथिल्लो उँचाइसम्म पुऱ्याएर जनताको सपनालाई साकार बनाए। सौम्य र शान्त। आफ्ना विरोधीहरूसँग पनि मैत्रीभाव राख्ने मिष्ठ भाषामा बोल्ने राजनेता। जहिल्यै देश सोचिरहने, जनताको हित चिताइरहने व्यक्तित्व। अटलजी नैसार्गिक रूपले नेता बनेका थिए। नेता बन्नका लागि जबर्जस्ती गरेनन्।
हामी ग्वालियरकाहरू अटलजीलाई धेरै नजिकबाट चिन्छौं। उनी ग्वालियरको हुनुमा हामी गर्व महसुस गर्थ्यौं। हामी त्यो ग्वालियरका हौं, जहाँ अटल बिहारी वाजपेयीजस्ता व्यक्ति जन्मिए।
अटल बिहारी वाजपेयीले कहिले आफ्नो लागि सोचेनन्। उनी सधैँ देशको बारेमा सोच्थे। देश स्वाधीनतापछि सात दशकमा उनी एक यस्ता नेता थिए, जसमाथि प्रत्येक नागरिकले श्रद्धाभाव राख्थे। आफ्नो राजनीतिक जीवनमा आफ्नो वक्तव्य सधैँभन्दा बढ़ी चर्चामा रह्यो। उनको भाषणले लोकप्रियताको जम्मै शिखर चुम्यो। देशका मात्र होइन, तर विदेशका मानिसहरूको मनमा समेत घर बनाए। यो सामान्य कुरा होइन। असाधारण मानिसले मात्र यस्तो गर्न सक्छन्। उनको भाषणको यो चमत्कारको कारण नै जस्तो बोल्थे, त्यस्तै बाँच्थे। कथनी र करणीमा फरक थिएन। अटलजीले के भन्छन्, देश पर्खेर बस्थ्यो। यदि कुनै व्यक्तिको भाषण सुन्न देशवासी कुरेर बस्छन्, साँच्चै ती त्यस्ता व्यक्ति अजेय हुन्छन्। अटलजी अजेय थिए। यदि हामीले उनलाई सरस्वतीको पुत्र भन्यौं भने पनि अतिश्योक्ति हुनेछैन। आफ्ना लागि सबै बाँच्छन्, तर देशका लागि बाँच्ने एकाध हुन्छन्। देशका लागि बाँच्ने ती एकाध व्यक्तिमा अटलजी एक थिए।
‘नेता’ शब्दको सृष्टि जब भयो, त्यस समय जुन कल्पना गरिएको थियो। त्यसलाई यदि भारतको जमिनमा शत प्रतिशत उतार्ने र आफ्नो जीवन शैलीसँग जसले जिउने कोशिश गरे, ती व्यक्तिको नाम अटल बिहारी वाजपेयी हो। उनले देशको जन गण मनलाई जितिरहे। उनले भारतीय राजनीतिमा एक यस्तो उदाहरण प्रस्तुत गरे, यदि तपाईंले भारत माताको सेवा गर्न चाहनुहुन्छ भने केवल सत्तामा बसेर मात्र होइन, तर विपक्षीमा बसेर पनि राष्ट्रका एक प्रहरी बन्न सक्नुहुनेछ। विपक्षमा बसेर भारतीय मन मानसमा श्रद्धाको फसल लहलह उमार्नु सामान्य घटना होइन।
अटलजी नैतिकताको नाम हो। अटलजी प्रामाणिकताको नाम हो। अटलली सत्यको नाम हो। अटलजी विरोधीहरूको मन जित्ने उदार हृदयीको नाम हो। अटलजी विचारको नाम हो। अटलजी प्रतिबद्धताको नाम हो। अटलजी देशको राजनीतिमा अन्य पार्टीलाई प्रतिद्वन्द्वी मान्थे, विरोधी होइन। अटलजी संसद सदस्य नरहँदा पनि कहिले निराश भएनन्। र जब उनी देशको प्रधानमन्त्री बने, सत्ताले कहिले मातिएनन्। उनको जीवनमा सन्तुलित सामाजिक व्यवहारले देशमा उनको स्वीकार्यता बढ़ायो। आफ्नो राष्ट्रियताको व्यवहारले उनले संसदमा वर्षौंसम्म रहेपछि पनि देशवासीका मनमा बसिरहे। जब उनी राजनीतिबाट सन्न्यास लिएर सार्वजनिक जीवनबाट टाढ़ा बसे, त्यतिबेला पनि उनलाई खोज्ने, उनको बारेमा सोध्नेहरूको सङ्ख्यामा कमी आएन।
विपक्षीहरूको मनमा श्रद्धाभावको बीजारोपन गर्नु संसारकै सबैभन्दा कठिन काम हो, तर यो कठिन काम उनले सहजै गरे। भारतका उनी मात्र एक यस्ता राजनेता हुन्, जुन विपक्षी रहँदा पनि सत्तापक्षको नेताहरूको मनमा श्रद्धाभाव उमारे। सबैको प्रिय बने। यस्ता मानिस धरामा विरलै पाइन्छ। आजको समयमा त अझ विरलै।
13 दिन, 13 महिना  र पाँच वर्षको उनको कार्यकाल कसले बिर्सिन्छ। भारतको गाउँ-गाउँको कुना-काप्चामा बनिएको सड़कले आजले पनि अटलजीको याद गरिरहेका छन्। कारगिल युद्धमा अटलजीको चट्टानी र फलामे प्रवृत्ति कसले भुल्न सक्छ। परमाणु परीक्षण गरी विश्वलाई स्तब्ध बनाउने अनौठो कार्य पनि अटलजीले नै गरे। यति मात्र होइन पार्टीका लागि नयाँ पीढ़ीको निर्माण र भारतमा प्रतिभा शक्तिहरूलाई प्रतिष्ठित गर्ने अद्वितीय काम पनि उनले नै गरे। उनी राजनीतिका त्रिवेणी थिए। अटलजी पत्रकार र राजनीतिज्ञ दुवै बने। राष्ट्रभाषा उनको जीवन थियो र समाजसेवा कर्म। मातृवन्दनाको सेवा गर्न कहिले बिर्सेनन्।
हामी सौभाग्यशाली थियौं। त्यसैले उनीजस्ता विराट् व्यक्तिसँग काम गर्ने अवसर पायौं। उनी ग्वालियरमा अवश्यै जन्मेका हुन्, तर देशभरिका मानिसले उनमाथि गर्व गर्थे। कश्मीरदेखि कन्याकुमारीसम्म उनले आफ्नो अथक वैचारिक परिश्रमले  अद्भूत परिचय बनाएका थिए। उनी आने दिनलाई वर्तमानमा सजाएर चिटिक्क पारेर राख्ने कुरामा विश्वास राख्थे। उनले कहिल्यै आफूलाई स्थापित गर्न खटिरहेको देखिएन। उनी सत्यका हिमायती थिए। उनले आफ्नो सामाजिक जीवनलाई पनि सत्यसँग जोड़ेर राखेका थिए। उनी स्वाधीनता पछिका पहिलो त्यस्ता नेता हुन्, जसमाथि जीवनको अन्तिम साससम्म कसैले कुनै आरोप लगाउने आँटसम्म गरेनन्। सदनमा एकपटक विरोधीहरूले भने, “अटलजी सत्ताका लोभी छन्।’’ यसमाथि उनले संसदमा सहज उत्तर दिए, “लोभले पाएको सत्तामा म चिम्टाले पनि छुन चाहन्न।
सन् 1975 –मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपातकाल लगाउँदा उनले जेल जान स्वीकारेका थिए, तर सत्ता घि झुकेनन्। जेलमा उनले साहित्य लेखे। जनता पार्टी जब बन्यो। तत्कालीन जनसङ्घमाथि दोहोरो सदस्यताको आरोप लाग्यो। त्यसबेला उनले भने, “राष्ट्रिय स्वयं सङ्घमा कोही सदस्य हुँदैनन्। यो हाम्रो मातृ संस्था हो। हामीले यहाँ देशभक्तिको पाठ पढ़्यौं। यसैले दोहोरो सदस्यताको प्रश्नै उठ्दैन। हामी जनता पार्टी छोड़्न सक्छौं, तर राष्ट्रिय स्वयं सेवक सङ्घ छोड़्न सक्दैनौं।’’ विचारधाराप्रति समर्पणको यस्तो अनुपम उदाहरण धेरै कम्ती देख्न पाइन्छ। उनी शिक्षक पुत्र थिए। संस्कार उनले आफ्ना पिता कृष्ण बिहारी वाजपेयी र आमा कृष्ण देवीबाट पाए।
देशका पहिलो प्रधानमन्त्री नेहरूजीले चीनसँगको युद्धपछि संसदमा अटलजीले दिएको भाषणलाई सकारेका थिए। नेहरूले मात्र होइन, सम्पूर्ण देशले पनि सकारेको थियो। भारत र पाकिस्तानबीच युद्ध हुँदा उनले तत्कालीन सत्ताको आलोचना गर्नको सट्टा सत्तासँग भारत पुत्र भएको प्रमाण दिए। उनको कार्यशैली स्व. प्रधानमन्त्री नरसिंह राव कायल थिए। जेनेभा शिष्टमण्डलमा भारतको प्रतिपक्ष नेताको नाता जब उनी भारतीय शिष्टमण्डललाई लिएर पुगेका थिए, त्यसबेला विश्व आश्चर्यचकित थियो। यसको मूल कारण अटलजीको मातृशक्ति र राष्ट्रभक्तिमाथि कसैलाई अविश्वास थिएन। विश्वका यदि दश राजनीतिक स्टेट्सम्यानको नाम लिएमा, त्यसमा अटलजीको नाम पनि निसन्देह हुनेछ।
रामजन्मभूमि आन्दोलनमा जब ढाँचा भत्काइयो, उनी अत्यन्त व्यतित भए। उनले संसदमा भने, “म ढाँचा भत्काउने पक्षमा छुइनँ, तर प्रधानमन्त्री नरसिंह रावजी ढाँचा भत्काउने परिस्थिति के कारण सिर्जना भयो, त्यो त बताउनुहोस्। के यो परिस्थिति निर्माणमा सरकारको कुनै भूमिका थियो? म ढाँचा ढाल्ने पक्षमा थिइनँ, तर आखिर यस्तो परिस्थिति कसरी निर्माण भयो भन्ने कुराबाट सरकार कसरी बाँच्नसक्छ।
अटलजी एक युगद्रष्टा थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here