बहुतले भवनमा आगो लाग्दा चारजनाको मृत्यु, बिल्डिङ कमिटीविरुद्ध आपराधिक मुद्दा दर्ता

0
1112
 बुधवार बिहानै क्रिस्टल टावरको 12औं तलामा लागेको आगो।

मुम्बई, 22 अगस्त : मुम्बईको दादर क्षेत्रस्थित एक पश आवासीय टावरको 12औं तलामा बुधवार बिहान आगो लाग्दा चारजनाको मृत्यु बएको छ, जबकि 20 अन्य घाइते भएका छन्। दमकल विभागका एक अधिकारीले बताएअनुसार हिन्दमाता सिनेमा नजिक रहेको 17 तले क्रिस्टल टावरका बेग्ला-बेग्लै तलाबाट दर्जनौं मानिसलाई सुरक्षित निकालिएको छ। ती अधिकारीका अनुसार आगो निभाइएको छ। यो समाचार लेख्दा ‘कुलिङ अपरेशन’ चलिरहेको थियो।
त्यहीं अधिकारीले बताएअनुसार बिल्डिङमा फायर सिस्टम एक्टिभ थिएन। आगो लागेपछि टावरको फायर सिस्टमलाई सक्रिय गरियो। प्रशासनले टावरलाई असुरक्षित घोषित गरेको छ। अधिकारीका अनुसार बिल्डिङ कमिटीविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ।

मुम्बई दमकल विभागका प्रमुख पीएस रहाङ्गदले बताएअअनुसार टावरको 12औं तलामा आगो लागेको सूचना विभागलाई बिहान 8:30 बजी प्राप्त भएको थियो। आगोको कारण धुवाँ तीव्र रूपमा फैलिएको थियो। त्यसैले यो भवनमा बस्ने मानिसहरू सिँड़ीमा फँसेका थिए। स्थानीय नगर निकायको बयानअनुसार धुवाँको कारण 16 मानिस बिरामी भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here