हङकङको पोस्टमा भारतको 26 गोल

0
1982
हङकङविरुद्ध गोल गरेपछि उल्लासित भारतीय खेलाड़ीहरू। 

जकार्ता, 22 अगस्त : एशियाइ खेलमा भारतीय पुरुष हकी टीमको उत्कृष्ट प्रदर्शन जारी छ। बुधवार खेलिएको समूह चरणको म्याचमा टीम इन्डियाले हङकङलाई 26-0 को गोल अन्तरले पराजित गऱ्यो। यो रेकर्ड जीतसँगै भारतले आफ्नो 86 वर्ष पुरानो रेकर्डलाई पनि भङ्ग गरेको छ। सन् 1932 को ओलम्पिकमा भारतले अमेरिकालाई 24-1 को गोलअन्तरले पराजित गरेको थियो। यसका साथै भारतले आफ्नो पछिल्लो सबैभन्दा ठबलो जीतको आँकड़ा 17-0 लाई पनि पछि छोड़ेको छ।
यो म्याचमा भारत शुरुदेखि विपक्षी हङकङमाथि हाबी रहेको थियो। स्मरणरहोस्, यसभन्दा अघि 18औं एशियाइ खेलमा आफ्नो अभियानलाई भारतले उत्कृष्ट शुरुआत गरेको थियो। यो म्याचमा भारतका 4 खेलाड़ीले ह्याट्रिक गरे।

पहिलो म्याचमा नै टीम इन्डियाले आयोजक इन्डोनेशियालाई 17-0 को गोलअन्तरले पराजित गरेको थियो। यो भारतको एशियाडमा अहिलेसम्मकै सबैभन्दा  ठूलो जीत थियो। आजको म्याचमा भारतका 9 खेलाड़ीले गोल गरे

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here