पञ्चायत चुनाउलाई लिएर केकेएसले गऱ्यो आरटीआई

0
1341
केकेएसका अध्यक्ष विष्णु छेत्री (फाइल फोटो) 
कालेबुङ, 21 अगस्त : दार्जीलिङ र कालेबुङ जिल्लालाई राज्यले पञ्चायत चुनाउबाट छुट्टाएको मुद्दामा कृषक कल्याण सङ्गठन (केकेएस)-ले मङ्गलवार आरटीआई गरेको छ। आज खबरसरोकारलाई केकेएसका अध्यक्ष विष्णु छेत्रीले बताएअनुसार सङ्गठन राज्यसभाको कमिटी अफ् पिटिशनमा हालेको मुद्दालाई वैध र न्याय सङ्गत ठान्दै यसले दार्जीलिङ र कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ गर्ने आदेश दिँदै राज्यका गृहमन्त्री र मुख्य सचिवलाई पत्राचार गरेको थियो।
राज्यसभाको कमिटी अफ् पिटिशनले बङ्गालका गृहमन्त्री र मुख्यसचिवलाई गत फरवरीमा नै आदेश दिँदै पत्राचार गरे तापनि आजसम्म दार्जीलिङ र कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ गराउन सरकारले चासो देखाएको छैन, छेत्रीले थपे, हाम्रो माग दार्जीलिङ र कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ गराउनुपर्ने हो। यसबारे राज्यसभाको कमिचटी अफ पिटिशनले राज्य सरकारलाई आदेश दिए तापनि राज्य चुपचाप बसेको छ। यसैले हामीले आज यसबारे आरटीआई गरेका हौं।
उनका अनुसार आईटीआईमा पहाड़को पञ्चायत चुनाउबारे  राज्यसभाको उक्त कमिटीले पठाएको पत्र राज्यका गृहमन्त्री र मुख्य सचिवले पाए नपाएको? पाएको छ भने आजसम्म किन  पहाड़मा पञ्चायत चुनाउ गर्न पहल नगरिएको र यसको कारण स्पष्ट गर्नुपर्ने माग गरिएको छ। राज्यसभाको कमिटी अफ् पिटिशनमा पहाड़को पञ्चायत चुनाउको मुद्दालाई राज्यसभा सांसद डा. बसावराज पाटिलमार्फत् पुऱ्याएको पनि उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here