सिटोङमा साहित्य अकादमीको ग्रामालोक कार्यक्रम

0
1111
साहित्य अकादमीको ग्रामालोक कार्यक्रममा उपस्थित साहित्यकारहरू। 
खरसाङ, 19 अगस्त : आइतवार साहित्य अकादमी नयाँदिल्लीले तल्लो सिटोङमा ‘ग्रामालोक कार्यक्रम’ आयोजन गरे। यो कार्यक्रममा अकादमीमा सिटोङ साहित्य मञ्चले सघाउ पुऱ्याएको थियो।  स्थानीय शिक्षक रामकुमार छेत्रीले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका सदस्य विनोद रसाइली उपस्थित थिए।
सदस्य रसाइलीका अनुसार नेपाली साहित्य विषय यो कार्यक्रम यसअघि असम र सिक्किममा भएको थियो। दार्जीलिङ जिल्लामा भने हिजो आज सिटोङमा भएको कार्यक्रम पहिलो हो। उनले स्थानीय र कार्यक्रममा सहभागी बनेका स्रष्टाहरूलाई आफ्नो लेखादि सोशल नेटवर्किङ साइटमा मात्र पोस्ट नगरेर दायित्वशील लेखनमा लाग्ने अपील समेत गरे।

कार्यक्रममा सत्यम थुलुङ, सुशील मुखिया, अभिनय तामाङ, देवेन छेत्री, बालकृष्ण थामी, बुनु शर्मा ‘बिदोषी’, पी, लक्की शेर्पा, सङ्गीता थापा, नितेश राई, एलबी थापा, प्रदीप शेर्पा, सन्ध्या आचार्य, निरङ्कर थापा, प्रकाश हाङखिम र सञ्जीव छेत्रीले आ-आफ्नो रचना पाठ गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here