एसकेएमबाट राजीनामा दिएका आइत राईले भन्यो – एसकेएमले युवाहरूलाई शोषण र प्रयोग गर्दैछ

0
1489
एसकेएमबाट भर्खरै राजीनामा दिएका आइत राई।

गान्तोक, 21 अगस्तः विपक्षी राजनीतिक दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-बाट हालै राजीनामा दिएका युवा नेता आइत राईले  नयाँ युवाहरूको साथ नयाँ शक्ति लिएर राज्यको राजनीतिमा प्रवेश गर्ने बताएका छन्।
मङ्गलवार राजधानीमा पत्रकारहरूलाई सम्बोधन गर्दै आइत राईले भने,“एसकेएमलाई युवाहरूको पार्टी भनिन्छ। तर यो गलत हो। एसकेएममा युवाहरूलाई शोषण र प्रयोग मात्र गरिन्छ। त्यहाँ कुनै नीति र सिद्धान्त छैन। टिकटको होड़बाजी र ग्रुपिज्मले एसकेएमलाई भित्रभित्र खाइसकेको छ। यस कुरालाई युवाहरूले बुझ्न जरुरी छ।” उनले अझ भने,“सिक्किमलाई सुरक्षित राख्नु हो भने सिक्किमको सत्ता एसकेएमको हातमा दिनुहुँदैन। जुन दिन एसकेएमको हातमा सत्ता जान्छत्यसै दिन  सिक्किम ‘सिक्किम’ रहँदैन। आज भ्रष्टाचारका आरोपी व्यक्तिले सिक्किमलाई भ्रष्टाचार मुक्त राज्य बनाउँछु भन्दैछन्। यो स्यालले कुखुराको सुरक्षा गर्छु भनेजस्तै हो।” 
एसकेएम पार्टीमा अवकाशप्राप्त कर्मचारीहरूको प्रवेशमाथि पनि उनले आफ्नो टिप्पणी र प्रतिक्रिया दिए,“कुर्सीमा हुँदा भ्रष्टाचारमा लिप्त व्यक्तिहरू आज अवकाश ग्रहण गरेर भ्रष्टाचारको विरोधमा बोल्दैछन्। उनीहरू कुर्सीमा हुँदा सिक्किमको समाजलाई के योगदान दिएका छन्त्यसको जानकारी दिनुपर्छ। जो अवकाशप्राप्त कर्मचारीहरू एसकेएममा सामेल हुँदैछन्उनीहरू ‘सर्भिस एक्सटेन्सन’ नहुँदा मात्र त्यहाँ गएका हुन्।” एसकेएम उपाध्यक्ष टीएन ढकालप्रति पनि उनले कटाक्ष गरे,“सिक्किम सब्जेक्ट मास्नु राज्यमा ‘पिङ्क कार्ड’-को परिकल्पना बुन्ने मान्छे आज सिक्किम सब्जेक्ट भन्दै माइक फुट्नेगरी चिच्याउँदै हिँड्दैछन्। सिक्किम सब्जेक्ट मास्नु उनले पिङ्क कार्डमा कति धाँधली गरेका छन्समयमा त्यसको सबै खुलासा गरिनेछ।” उल्लेखनीय छआइत राई एसकेएमको पूर्व जिल्ला युवा (सङ्गठनमहासचिव रहेका थिए। उनले गत 9 अगस्तको दिन एसकेएम पार्टीबाट राजीनामा दिएका हुन्। यसभन्दा अघि उनी एसकेएम रुम्तेक मार्ताम समष्टिका क्षेत्रीय स्तरका नेतासमेत रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here