बलिदान दिवसको अवसरमा जीएसएसएसद्वारा रक्तदान शिविर आयोजित

0
1582

दार्जीलिङ, 25 अगस्तः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आज (मङ्गलबार) स्थानीय चौरस्तामा एक रक्तदान शिविरको आयोजन गरी बलिदान दिवस पालन गऱ्यो।

सङ्घर्ष समितिले विगत 10 वर्षदेखि लगातार शहीद मेजर दुर्गा मल्लको स्मरणमा बलिदान दिवस पालन गर्दै आइरहेको छ, जसले यसपालि एकसाथ दिल्ली र दार्जीलिङमा बलिदान दिवस पालन गरेको समितिका अध्यक्ष किरण बीकेले बताए।

1 जुलाई 1913-को दिन देहरादुन नजिक डोइवाला गाउँमा जन्मेका दुर्गा मल्ल 18 वर्षको उमेरमा सन् 1931-मा गोर्खा राइफल्स 2/1-मा भर्ना भएका थिए।

अप्रेल 1941-मा दुर्गा मल्लको फौजी समूह सिकन्दराबाद पुगेको थियो, जहाँबाट उनी विदेश जानपरेको थियो। अगस्त 1941-मा आफ्नो बटालियनसित उनी मलेशियातिर लागेका थिए। 8 दिसम्बर 1941-मा जापानले गरेको आक्रमणकको कारण युद्धको घोषणा भइसकेको थियो। जसको परिणामस्वरूप जापानकै सहयोगमा 1 सेप्टेम्बर 1942-मा सिङ्गापुरमा नै आजाद हिन्द फौजको गठन भएको थियो, जुन फौज गठन हुनमा दुर्गा मल्लको अहम भूमिका रहेको थियो। पछिबाट उनलाई गुप्तचर शाखाको अत्यन्तै महत्त्वपूर्ण काम सुम्पिइएको थियो।

27 मार्च 1944-को दिन महत्त्वपूर्ण सूचना एकत्रित गरिरहेको समय मणिपुरको कोहिमा नजिक शत्रु सेनाले मेजर दुर्गा मल्लको पक्राउ गरेको थियो। युद्धबन्दी बनाएर न्यायालयमा मुद्दा चलिसकेपछि उनलाई 15 अगस्त 1944-को दिन उनलाई लालकिल्लाको सेन्ट्रल जेल लगियो, जसको दस दिनपछि 25 अगस्त 1944-मा उनलाई ब्रिटिश शासकले फाँसीमा चढ़ाएको थियो।

उनको यसै योगदानको कदर गर्दै सङ्घर्ष समितिले बर्सेनि बलिदान दिवस पालन गर्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here