साहित्य-24 को ‘काव्य गगन’-मा सिक्किमको सहभागिता

0
935

गान्तोक, 24 अगस्तः साहित्य-24, नयाँ दिल्लीद्वारा देशव्यापी रूपमा आयोजन गरिरहेको अनलाइन हिन्दी कविता वाचन प्रतियोगिता ‘काव्य गगन’-मा सिक्किमले पनि सहभागिता जनाएको छ।

साहित्य-24 का समन्वयक हरिप्रकाश पाण्डेका अनुसार ‘काव्य गगन’ कार्यक्रम अन्तर्गत देशभरिका कुल 24 वटा राज्यलाई समेटिएका थिए।

एउटा राज्यबाट केवल पाँच कवि-कवयित्रीको सहभागितामा यो कार्यक्रम आयोजन गरिएको थियो।

एकदिनमा एउटै मात्र राज्यका कवि-कवयित्रीहरूले सहभागिता जनाइरहेका थिए।

यसैक्रममा कार्यक्रमको 23औं दिन, 23औं प्रकरणमा 23 अगस्त 2021-का दिन सिक्किमले सहभागिता जनाएको थियो, जसलाई ‘काव्य गगन सिक्किम’ नाम दिइएको थियो।

‘काव्य गगन सिक्किम’ कार्यक्रमलाई ‘कञ्चनजङ्घा’-का सम्पादक एवं सिक्किम विश्‍वाविद्यालय (हिन्दी विभाग)-का प्राध्यापक डा. प्रदीप त्रिपाठीले सञ्चालन गरेका थिए।

यसमा सिक्किमलाई प्रतिनिधित्व गर्दै ‘हिन्दी साहित्य सेवा समिति, सिक्किम’-को संयोजनमा समितिका सदस्यहरू रूपा तामाङ, दीपा राई, लुइस बिष्ट, प्रवीण खालिङ र अर्जुन यावा सहभागी बने।

 कार्यक्रममा सञ्चालक डा. त्रिपाठीले कार्यक्रम आयोजक, कार्यक्रम आयोजन गर्नुको उद्देश्य आदिबारे पनि प्रकाश पारेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here