कालेबुङ, २५ अगस्तः गोजमुमो-२ कालेबुङ जिल्ला समितिका महासचिव विनय घिसिङ बनेका छन्। यसभन्दा अघि उनी साङ्गठनिक सचिव पदमा थिए।
जिल्ला समिति महासचिव गायत्री मुखियाले हिजो मोर्चा २ बाट राजीनामा दिएर विनय तामाङलाई समर्थन गरेपछि यो पद रिक्त भएको थियो।
पार्टी केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष एवं महासचिव अनित थापाको परामर्श र जिल्ला समितिको निर्णयमै घिसिङलाई महासचिव चयन गरिएको बताइएको छ।
यति मात्र होइन, ३३ नम्बर समष्टि कमिटी र यसअन्तर्गतका सबै शाखा समितिलाई केही दिनका लागि भङ्ग गरिएको छ।
साथै नयाँ कमिटी गठन नभएसम्म यस समष्टिका मुख्य संयोजक रूदेन सादा लेप्चालाई बनाइएको पनि जिला समिति अध्यक्ष सीबी गुरुङले बताएका छन्।