भागोपले दिल्लीमा पालन गऱ्यो बलिदान दिवस, केन्द्रीय मन्त्री र सांसद सहभागी

0
868

दार्जिलिङ, २५ अगस्तः भारतीय गोर्खा परिसङ्घ (भागोप)-ले आज दिल्लीमा बलिदान दिवस पालन गरी शहीद मेजर दुर्गा मल्लप्रति श्रद्धाञ्जली अर्पण गऱ्यो।

स्वतन्त्रता सङ्ग्रामी मेजर मल्ललाई फाँसी दिइएकै ठाउँ शहीद उद्यान, मौलाना आजाद मेडिकल कलेज परिसरमा बिहान श्रद्धाञ्जली अर्पण गरिएपछि संसद भवन परिसरमा रहेको मेजर दुर्गा मल्लको सालिकमा गएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

यसअवसरमा केन्द्रीय रक्षा एवं पर्यटन राज्य मन्त्री अजय भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने दार्जिलिङका सांसद राजु बिष्ट विशिष्ट अतिथि रहेका थिए।

यसका साथै साथै राज्यसभा सांसद अनिल बलुनी, भागोपका राष्ट्रिय अध्यक्ष डा. मुनिष तामाङ, उपाध्यक्ष जोएल राई,  सन्दीप राणालगायत अन्य पनि विशेष रूपले उपस्थित थिए।

केन्द्रीय रक्षा एवं पर्यटन राज्य मन्त्री अजय भट्टले शहीद दुर्गा मल्ल अनि गोर्खाहरूले देशलाई स्वाधीन बनाउन पुऱ्याएको महत्त्वपूर्ण योगदानलाई स्मरण गर्दै उनीहरूप्रति देश सधैँ ऋणी रहने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here