दार्जीलिङ, 25 सेप्टेम्बर : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले सड़कमा ओर्लेर आन्दोलन गर्ने चेताउनी दिए तापनि राज्य सरकारले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को म्यादलाई पुनः 6 महिनाका लागि बढ़ाएको छ।
राज्य सरकारको गृह एवं पार्वत्य मामिला विभागले अधिसूचना सं 213-एचए/ओ/एम-24/2012 मिति 16-09-2019 जारी गरी जीटीए सम्झौता अधिनियमको धारा 17 (I)-मा उल्लेखित प्रावधानअन्तर्गत पुनः जीटीएको म्याद 6 महिनाका लागि बढ़ाइएको छ। उल्लेखनीय छ, जीटीएको तेस्रोपटक बढ़ाइएको म्याद 19 सेप्टेम्बर 2019 को दिन सकिएको थियो। राज्य सरकारले योसँगै जीटीएको म्याद 6-6 महिना गरी बढ़ाइएको चारपटक भइसकेको छ।