मुम्बई, 27 सेप्टेम्बरः चर्चित गायक एसपी बालासुब्रमण्यमको अब रहेनन्। 74 वर्षको उमेरमा आज उनको निधन भएको हो।
पछिल्लो 5 अगस्तका दिन कोरोना सङ्क्रमित बनेको पुष्टि भएपछि उनी अस्पतालमा उपचाररत् थिए। लामो समयसम्म उपचाराधीन रहे तापनि उनको स्वस्थमा कुनै सुधार भनेको आएको थिएन।
उनले बलिउडमा धेरै चर्चित गीतहरू गाएका छन्। विशेषगरी उनले सलमान खान अभिनीत फिल्मका धेरै चर्चित गीत गाएका छन्।
बालासुब्रमण्यमको जन्म 4 जून, 1946 –मा नेल्लोर,आन्ध्र प्रदेशमा भएको थियो। 15 दिसम्बर, 1966 मा उनले पार्श्व गायक (प्लेब्याक सिङ्गर)-को रूपमा तेलुगू फिल्म श्री श्री श्री मर्यादा रामन्नाबाट डेब्यु गरेका थिए।
1980 मा रिलिज भएको फिल्म ‘संकराभारनामट-मार्फत् उनले अन्तर्राष्ट्रिय पहिचान बनाएका थिए। यस फिल्ममा गायकका रूपमा उनले पहिलोपटक ‘नेशनल अवार्ड’ –प्राप्त गरेका थिए।
एसपी बालासुब्रमण्यमले 50 वर्ष लामो सिङ्गिङ करिअरमा तेलुगू, तमिल, कन्नड़, हिन्दी र मलयालम भाषाका करिब 40,000 गीत गएका छन्।
कन्नड़ कम्पोजर उपेन्द्र कुमारका लागि उनले 12 घण्टामा 21 गीत गाएका थिए। यसै कारण उनको नाम गिनिज बुक अव् वर्ल्ड रेकार्ड्समा दर्ता छन्।
एक समय त्यस्तो थियो, धेरै भाषामा 16-17 गीत रेकर्ड गर्थे। धेरैपटक त उनी 17 घण्टा लगातार गीत गाउने गर्थे।
गायन साथसाथै बालासुब्रमण्यमले तमिल, तेलुगू, कन्नड़ र हिन्दी भाषाका 40 भन्दा धेरै फिल्ममा म्युजिक डाइरेक्टरको रूपमा काम गरेका थिए।