एक शिक्षकका छोरा थिए अटल बिहारी वाजपेयी। एलएलबी पढ़े। तर करिअर पत्रकारिताबाट शुरु गरे। कविता लेखनमा उनको गजबको लगाव र समर्पण थियो। पढ़ाइअवधि नै आरएसएससँग जोड़िए। त्यहींबाट उनी राजनीतितर्फ ढल्किए। उनको भाषण सुन्न विरोधीहरू पनि आतुरिन्थे। भाषण सुन्नकै लागि विरोधीहरू उनका सभाहरूमा नबिराइ पुग्ने गर्थे।
जीवनकै पहिलो चुनाउ हारे। तर हरेश खाएनन्, उनले। दोस्रोपटक तीन ठाउँबाट चुनाउ लड़े, एक ठाउँबाट चुनाउ जिते।
कुनै समय सांसदमा उनको पार्टीका केवल दुइजना सांसद थिए, त्यसमा उनी स्वयं एकजना थिए।
फेरि एउटा यस्तो समय पनि आयो, 20 भन्दा बढ़ी दलको समर्थनमा उनी देशका प्रधानमन्त्री बने।
उनै अटल बिहारी वाजपेयीको आज जन्मदिन। आजकै दिन 1924 –मा उनको जन्म भएको थियो।
अटल बिहारी वाजपेयीको भाषण सुन्न दुनियाँ कायल हुन्थ्यो। तर यिनै अटलजी जब स्कूलको कार्यक्रममा पहिलोपटक भाषण दिन उभिए, आधा-अपुरो भाषणपछि मञ्च छोड़े। कारण आधा सुनाएपछि उनले भाषण भुसुक्क बिर्सिए। असफलताले पढ़ाएको गज्जबको पाठ थियो यो। त्यसपछि उनले कहिल्यै पछिल्तिर फर्केर हेरेनन्। उनको धाराप्रवाह भाषणले सायदै कसैलाई आकर्षित गरेनन्।
अटलजी तीनपटक देशका प्रधानमन्त्री बने। पहिलोपटक 13 दिन र दोस्रोपटक 13 महिनाका लागि।
13 अक्टोबर 1999 –मा तेस्रोपटक उनले प्रधानमन्त्री पदको शपथ लिए। देशका यस्ता पहिलो गैरकङ्ग्रेसी प्रधानमन्त्री बने, जसले आफ्नो कार्यकाल पूरा गरे।
हार नहीं मानूंगा,
रार नई ठानूंगा,
काल के कपाल पे लिखता मिटाता हूं,
गीत नया गाता ह
अटलजीले आफ्नो जीवनमा धेरै चर्चित कविता लेखे। ती धेरै चर्चित कविताहरूमध्ये उल्लिखित कविता पनि एउटा हो।
कुरा मई 1998 को हो। अटलजीले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको केवल तीन महिना बितेको थियो। 11 मईका दिन विश्वभरि भारतले न्युक्लियर टेस्ट गरेको खबर डढ़ेलोजस्तो फैलियो। अमेरिकी गुप्तचर एजेन्सी सीआईएले ‘न्युक्लियर टेस्ट’-को सुइँकोसम्म पाएन। 13 मईका दिन पुनः अर्कोपटक भारतले न्युक्लियरको सफल टेस्ट गऱ्यो। यसका साथै भारत दुनियाका परमाणु शक्ति सम्पन्न देशहरूका सूचीमा सामेल भयो।
भारतीय राजनीतिमा अटल बिहारी वाजपेयी सबैभन्दा सम्मानित नाम। जुझारू राजनीतिज्ञ, चर्चित कवि, प्रखर वक्ता। पक्ष-विपक्ष सबैका लागि प्रिय।
आज उनको 96औँ जन्मदिन। देशले ‘अटल’ सम्झना गरिरहेको दिन। ह्याप्पी बर्थडे वाजपेयी।