गणतन्त्र दिवसमा जीएसएसएसले लगायो ‘जय गोर्खा जय गोर्खाल्याण्ड’-को नारा

0
1852
राजपथ परिसरमा गोर्खाल्याण्डको ब्यानर लिएर बसेका जीएसएसएस सदस्यहरू।

दार्जीलिङ, २६ जनवरी : गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले शनिवार दिल्लीमा चर्को गरी ‘जय गोर्खा, जय गोर्खाल्याण्ड’-को नारा लगायो। जीएसएसएसकी प्रवक्ता अञ्जनी शर्मा भुजेलले यसबारे जानकारी गराएकी छन्।

उनका अनुसार आज देशको ७०औं गणतन्त्र दिवसको दिन राष्ट्रिय राजधानी दिल्लीको इण्डिया गेट र राजपथ परिसरमा परेडअवधि जीएसएसएसका सदस्यहरूले चर्को गरी ‘जय गोर्खा जय गोर्खाल्याण्ड’-को नारा लगाएका हुन्। यसअवसरमा जीएसएसएसका सदस्यहरूको बाक्लो उपस्थितिमा थियो।

देशको सबैभन्दा ठूलो गणतान्त्रिक देशभित्र इमानदार र देशभक्तिप्रति पूर्ण रूपले समर्पित गोर्खाहरूको उपस्थिति दर्शाउन तथा ‘गोर्खाहरूको सपना मेरो सपना’ भन्ने प्रधानमन्त्री र राष्ट्रपतिको उपस्थितिबीच विशाल जनभेलाअघि ‘जय गोर्खा जय गोर्खाल्याण्ड’-को नारा लगाइएको उनले बताएकी छन्।

यसअवसरमा उनीहरूले ‘जय गोर्खा जय गोर्खाल्याण्ड’ लेखिएको टी शर्ट लगाएका थिए।

उल्लेखनीय छ, पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि दिल्लीमा बसोबास गर्ने गोर्खाहरूले गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति गठन गरेका थिए। आन्दोलनलाई राष्ट्रियस्तरमा परिचालन गर्न र सहयोग गर्न गठन गरिएको जीएसएसएसले जन्तरमन्तर समयभन्दा अधिक दिनसम्म धरना कार्यक्रम गरेको थियो।

यसका साथै अहिले पनि गोर्खाल्याण्डको मुद्दालाई बोकेर लगातार हिँड़िरहेको छ। स्मरणरहोस्, पछिल्लो वर्ष पनि जीएसएसएसले गणतन्त्र दिवसमा इण्डिया गेट र राजपथ परिसरमा गोर्खाल्याण्डको नारा चर्को गरी लगाएर सबैको ध्यानाकर्षित गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here