सिटिजन एक्सन पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेशकुमार राई

0
574

गान्तोक, २६ जनवरीः सिटिजन एक्सन पार्टीले गणेशकुमार राईलाई आउँदो विधानसभा चुनाउका लागि मुख्यमन्त्री उम्मेदवार बनाएको छ।

आज  स्थापना दिवसको अवसरमा राईलाई सिटिजन एक्सन पार्टीले मुख्यमन्त्री पदका उम्मेदवार घोषणा गरेको हो।

गणेशकुमार राई अहिले सिटिजन एक्सन पार्टीका मुख्य संयोजक पदमा छन्।

सिक्किममा सुधारको राजनीति नारा दिएर गणेश कुमार राईको नेतृत्वमा यो पार्टी  गत वर्ष आजकै दिन गठन गरिएको हो।

सिटिजन एक्सन पार्टीले एक व्यक्ति एक पद नीतिलाई अघि सारेको छ।

यो पार्टीको न झण्डा छ न त नारा नै।

उल्लेखनीय छ, आउँदो विधानसभा चुनाउलाई लक्ष्य गरेर सिटिजन एक्सन पार्टी अहिले आफ्नो साङ्गठनिक गतिविधि र जनचेतना कार्यक्रममा सक्रिय बनेको छ।

राज्यभरि यो पार्टीले प्रतिदिन जस्तै कार्यक्रम गरिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here