दार्जीलिङ, २६ फरवरीः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा प्रवक्ता केशवराज पोख्रेलले आज अपराह्न ४ बजीअर्थात् चुनाउ आयोगले बङ्गाल विधानसभाको चुनाउ मितिको घोषणा गर्नअघि जनजातिको मान्यता दिलाउने सांसद राजु बिष्टलाई चुनौती दिएका छन्।
उल्लेखनीय छ, आज अपराह्न ४ः३० बजी चुनाउ आयोगले बङ्गालसहित पाँचवटा राज्यको चुनाउ मितिको घोषणा गर्नेछ। चुनाउ मितिको घोषणा भएलगत्तै आचार संहिता लागू हुनेछ।
यदि भाजपाले आफ्नो वाचा पूरा नगरेमा आउँदा दिनमा दार्जीलिङ पहाड़का सजग जनताले उचित जवाब दिने पनि उनले बताएका छन्।
पोख्रेलका अनुसार भाजपाले ११ जनजाति र स्थायी राजनीतिक समाधानको झूटो वाचा गरेर चुनाउ जितेको हो। यसैले आज अपराह्न ४ बजीसम्म जनजातिको मुद्दा फत्ते गर्नुपर्नेछ।
अर्कोतिर उनले पहाड़का भाजपाका घटक दलहरूलाई ‘डिलर एजेन्ट’-को संज्ञा दिँदै भाजपाले यदि ४ बजीसम्म जनजातिको मान्यता नदिए, गठबन्धन तोड़नुपर्ने बताएका छन्।
नभए भाजपासँग गठबन्धनमा रहेका यी राजनीतिक दलहरूलाई पनि पहाड़का जनताले समुचित जवाब दिने केशवराज पोख्रेलले बताएका छन्।