प्रख्यात गायक पङ्कज उधासको निधन

0
491

(फोटो स्रोतः इन्टरनेट)

मुम्बई, २६ फरवरीः प्रख्यात गजल गायक पङ्कज उधासको आज बिहान लगभग ११ बजे ब्रिज क्यान्डी अस्पतालमा निधन भएको छ। उनी ७२ वर्ष पुगेका थिए ।

जानकारीका अनुसार यी लिजेन्डरी गायक लामो समयदेखि बिरामी थिए।

छोरी नायाब उधासले आफ्ना बाबुको मृत्युको खबर साझा गरेकी हुन्।

 १० दिन अघि उनलाई यस अस्पतालमा भर्ना गरिएको थियो। गायक उधासको भोलि अन्तिम संस्कार गरिनेछ।

१७ मई १९५१ मा गुजरातको जीतपुरमा जन्मेका पङ्कज उधासले १९८० मा आहट नाममा पहिलो गीति एल्बम निकालेका थिए।

उनी चिट्ठी आई है….. जिएं तो जिएं कैसे …., ना कजरे की धार, ना मोतियों के हार … जस्ता गीतले प्रसिद्ध बनेका थिए।

केही लजालु र सामान्य जीवन बिताउने रुचाउन उधासले साङ्गीतिक क्षेत्रमा पुऱ्याएको उल्लेखनीय सेवाका लागि २००६ मा भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here