चर्चित गायक भक्तराज आचार्यको निधन

0
538

काठमाडौँ, २६ फरवरीः चर्चित गायक-सङ्गीतकार भक्तराज आचार्यको निधनसँगै नेपाली साङ्गीतिक जगतमा एउटा युगको अन्त्य भएको छ।

भजन शिरोमणि आचार्य ८२  वर्ष पुगेका थिए।

अक्सिजन लेभल कम्ती भएपछि अस्पताल लैजाने क्रममा यी लिजेन्डरी गायकको मृत्यु भएको सङ्गीतकार हरि लम्सालले संवादमाध्यमलाई जानकारी गराएका हुन्।

सङ्गीतकार लम्साल गायक आचार्यका छिमेकी पनि हुन्।

आचार्यको भोलि अन्तिम संस्कार गरिनेछ।

२ अक्टोबर १९४२ मा धनकुटामा जन्मेका भक्तराज आचार्यले लगभग चार सय गीत, गजल र भजन गाएका छन्।

हजार सपनाहरूको माया लागेर आउँछ , हजार आँखा हेर्ने मेरी मायालुलाई , जति चोट दिन्छौ देउ मायालु मुटु जलिरहेछ आदि उनले गाएका कालजयी गीतहरू हुन्।

त्यसैगरी सब निदाए प्रभु, तन मन वचनले, एक दिन मैले प्रभुसँग सोधेँ आदि उनले गाएका चर्चित भजन हुन्।

आचार्यले आफूपछि श्रीमती, दुई छोरा-बुहारी र नाति छाडिगएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here