सिलगढ़ी, २६ मार्चः बिहीवार राज्यका पर्यटन मन्त्री गौतम देवले केमिस्ट्स एन्ड ड्रगिस्ट एसोसिएशन सिलगढ़ी एकाइका प्रतिनिधिहरूसँग बैठक गरे।
सिलगढ़ी एवं यसका संलग्न क्षेत्रमा औषधिहरूको सहज आपूर्ति सुनिश्चित गर्नका लागि मन्त्री देवले ती प्रतिनिधिहरूसँग बैठक गरेका हुन्।
बैठकमा एसोसिएशनका प्रतिनिधिहरूले वर्तमान समयमा शहरमा औषधि आपूर्तिमा कुनै समस्या नरहेको बताए। साथै आगत दिनमा यदि कुनै समस्या देखिएको खण्डमा उक्त समस्या समाधानका लागि सरकारसँग अपेक्षा राख्ने बताए।
यसका साथै उनीहरूले कोलकातामा धेरै दवाई कम्पनीको सीएनएफ लकडाउनको कारण बन्द रहेकाले आउँदा दिनमा भने औषधिहरूको आपूर्तिमा केही समस्या सिर्जना उत्पन्न हुनसक्ने आशङ्का व्यक्त गरे।
अर्कोतिर मन्त्रीले यसप्रकारका कुनै पनि समस्या सिर्जना नहुने कुरामा एसोसिएशनका प्रतिनिधिहरूलाई आश्वस्त गराए। औषधि र अन्य आवश्यक सामग्रीहरूको सहज आपूर्तिलाई निरन्तर दिन सरकार पूर्ण रूपले कटिबद्ध रहेको मन्त्री देवले बताए।