जाप विधानसभा चुनाउ नलड़्ने

0
1354

कालेबुङ, २६ मार्चः जनआन्दोलन पार्टी (जाप) विधानसभा नलड़्ने भएको छ।

आज (शुक्रबार) जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै जाप प्रमुख डा. हर्कबहादुर छेत्रीले यसबारे जानकारी गराएका हुन्।

जाप चुनाउ नलड़्ने भए तापनि यसको ठोस कारण भने उनले बताएनन्।

“चुनाउ नलड़नुका कुनै कारण छैन”, उनले भने।

एक प्रश्नको उत्तरमा छेत्रीले चुनाउमा जापले कसलाई समर्थन गर्ने भन्नेबारे पनि अहिले निर्णय गरिनहालेको पनि बताए।

“जापले कुनै उम्मेदवारलाई समर्थन गर्न पनि सक्छ/नगर्न पनि सक्छ। हामी पहिला उम्मेदवारलाई हेर्नेछौँ”, जाप प्रमुख डा. हर्कबहादुर छेत्रीले थपे, “अहिले त भर्खर नामाङ्कन-पत्र भर्ने कार्य चल्दैछ। फिर्ता लिन बाँकी नै छ। कुनै उम्मेदवार राम्रो लागेमा ती उम्मेदवारलाई जापले समर्थन गर्नसक्छ। तर यसबारे अहिले नै हामीले कुनै निर्णय गरेका छैनौँ।”

उल्लेखनीय छ, जनआन्दोलन पार्टी पछिल्लो वर्षदेखि प्रायः निष्क्रिय अवस्थामा छ।

आधासरो भन्दा अधिक नेतृत्वहरू जाप छोड़ेर अन्य दलमा सामेल भइसकेका छन्।

अहिले जापमा जति छन्, उनीहरू पनि सक्रिय देखिएका छैनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here