दार्जिलिङ, २६ मार्चः विक्रमादि राईले पनि गोर्खा लिग भारती गुट छाडेका छन्।
राईले आज गोर्खा लिगबाट राजीनामा दिएका हुन्। उनी गोर्खा लिग भारती गुटका कार्यकारी अध्यक्ष पदमा थिए।
विक्रमादि राईले आफ्नो राजीनामा-पत्र पार्टी अध्यक्ष भारती तामाङलाई पठाएका छन्। राईले पनि पार्टीबाट राजीनामा दिनुका कारण राजीनामा-पत्रमा खुलाएका छैनन्, जसरी एसपी शर्माले पनि खुलाएका थिएनन्। यद्यपि नयाँ रणनीति र टिम लिएर कार्य गर्न नै उनले पनि राजीनामा दिएको बताइएको छ।
उल्लेखनीय छ, गोर्खा लिग भारती गुटका महासचिव पदमा रहेका एसपी शर्माले २४ मार्चका दिन पार्टीबाट राजीनामा दिएका थिए।
एसपी शर्मा, विक्रमादि राई टिममा रहेका अन्यले पनि विस्तारै गोर्खा लिगबाट राजीनामा दिने सूत्रमार्फत जानकारी पाइएको छ।