गान्तोक, 26 मार्चः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-की युवा नेतृ पूजा शर्मा भारतीय जनता पार्टीमा सामेल भएकी छन् । टिकट वितरणमा असन्तुष्ट देखिएकी उनले आज बिहानै एसकेएम त्यागेकी थिइन् । एसकेएमको नारी विङ्गकी राज्य महासचिव पदमा रहेकी शर्मा फिल्म बोर्डकी पूर्व चेयरपर्सन पनि हुन् ।
आज अपराह्न उनी भाजपामा सामेल भएकी हुन् । यसअवसरमा भाजपा सिक्किमका प्रभारी दिलीप जयसवाल, प्रदेश अध्यक्ष डीआर थापा, सल्लाहकार कर्मा पी. भोटिया र महिला मोर्चाकी महासचिव सिर्जना छेत्री उपस्थित थिए।
उल्लेखनीय छ, हिजै एसकेएम त्यागेका जनक कुमार गुरुङ पनि भाजपामा सामेल भइसकेका छन् ।