दार्जीलिङमा फेरि कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु

0
1379

दार्जीलिङ, 26 अप्रेलः दार्जीलिङ थप एकजना कोरोना सङ्क्रमित 55 वर्षीय व्यक्तिको मृत्यु भएको छ। मृतक दार्जीलिङ नगरपालिका क्षेत्रनिवासी हुन्। दार्जीलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्था हिजो राति करिब साढ़े दश बजी उनको मृत्यु भएको बताइएको छ।

दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाले जनसंवादलाई बताएअनुसार अस्पतालमा भर्ना भएको करिब एक घण्टापछि नै ती व्यक्तिको मृत्यु भएको हो।

“अक्सिजन लेबल (सेच्युरेशन) 40 प्रतिशत मात्रै थियो, जसका कारण अस्पतालमा ल्याइँदै उनको अवस्था सोचनीय बनिसकेको थियो”. डा. चन्दाले भने।

केही क्षणमै उनको कोविड प्रोटोकल्सअनुसार अन्तिम संस्कार गरिने बताइएको छ।

उल्लेखनीय छ, दोस्रो लहरको कोरोनाले दार्जीलिङ महकुमामा अहिलेसम्म 6 पुगिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here