राजीव कुमारविरुद्ध लुकआउट नोटिस

0
1283
राजीव कुमार (फाइल फोटो)।

नयाँ दिल्ली, २६ मई : करोड़ौं रुपियाँको शारदा चिटफण्ड घोटालाका साक्ष्य मेटाएको आरोप खपिरहेका कोलकाताका पूर्व कमिश्नर राजीव कुमारविरुद्ध लुकआउट ननोटिस जारी गरिएको छ। उक्त लुकआउट नोटिस सीबीआईको प्रस्तावमा जारी गरिएको बताइएको छ।

केही दिनअघि पक्राउबाट राहत पाउनका लागि उनले सर्वोच्च न्यायालयमा याचिका दर्ता गरेका थिए, त्यो याचिकालाई सर्वोच्च न्यायालयले खारेज गरेको थियो। यसपछि राजीव कुमारले बारासातको तल्लो अदालतमा अग्रिम जमानतका लागि याचिका दर्ता गरेका थिए। तल्लो अदालतले कुमारको यो याचिकालाई पनि खारेज गरिदिएको थियो।

उल्लेखनीय छ, कोलकाताका पूर्व कमिश्नर राजीव कुमारमाथि करोड़ौ रुपियाँको शारदा चिटफण्ड घोटालाका प्रमाणहरू मेटाएको आरोप छ।

सीबीआईको आरोपका अनुसार शक्तिशाली नेताहरूलाई बचाउनका लागि कुमारले घोटालासँग सम्बन्धित मेटाउने कोशिश गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here