महारानी स्कूल नेचर्स क्लबले गऱ्यो सफाइ अभियान

0
1781
सफाइ अभियानमा सामेल भएका महारानी विद्यालयका विद्यार्थीहरू।

दार्जीलिङ, 26 मई : आइतवार महारानी स्कूल नेचर्स क्लब दार्जीलिङका विद्यार्थी एवं शिक्षिकाहरूले मिलेर दार्जीलिङ हिमालयन रेलवे स्टेशन परिसर सरसफाइ गरे। दार्जीलिङलाई प्लास्टिकमुक्त र स्वच्छ-हरियाली क्षेत्र बनाउने महत् पहलअन्तर्गत यो सफाइ कार्यक्रम आयोजन गरिएको थियो।

यसअवधि उनीहरूले कुहुने र नकुहुने फोहोर मैलालाई अलग्गै छुट्टाएर तथा अत्यधिक प्रयोग हुने प्लास्टिकका कम्पनीहरू नामको डेटा तयार गरे। जानकारीका अनुसार स्थानीय एक गैर सरकारी संस्था ‘प्रेरणा’-को पहलमा ‘जिरो वेस्ट हिमालय’-ले शुरु गरेको ‘द हिमालयन क्लिनअप क्याम्पेन 2019’-को कार्यक्रममा आज महारानी स्कूल नेचर्स क्लबले सहभागिता जनाएको  हो।

आजको सरसफाइ अभियानमा विद्यार्थीहरूले केवल स्टेशन परिसर मात्र सरसफाइ गरेनन्, तर आफ्नो विद्यालयको परिसर पनि सफाइ गर्नका साथै विद्यालयको सीमामा रहेका होटल र घरहरूलाई फोहोर मैलालाई उचित व्यवस्थापन गरिदिने, अव्यवस्थित प्रकारले जहींतहीं नफ्याँकिदिने अनुरोध पनि गरे।

यसका साथै महारानी स्कूल नेचर्स क्लब’-ले आफ्नो लगभग चार ऐकड़ खाली रहेको जमिनलाई भविष्यमा सफा, स्वच्छ र हरियाली बनाउने उद्देश्य राखेको छ। यसैले आगामी ‘अरण्य सप्ताह’-मा दार्जीलिङका विभिन्न सङ्घ-संस्थाहरूलाई बृहत् वृक्षरोपण कार्यक्रममा सामेल भइदिने आह्वान गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here