भाजपालाई पराजित गर्न विपक्षी दलहरूलाई गोलबद्ध हुने ममताको अपील

0
1359
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, 26  जून : तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री भाजपालाई पराजित गर्नका लागि विपक्षी दलहरूलाई गोलबद्ध हुने अपील गरेकी छन्। बुधबार विधानसभा उनले यस्तो अपील गरेकी हुन्।

उनले  भारतीय जनता पार्टीलाई पराजित गर्नका लागि सबै विपक्षी दलहरूले मिलेर काम गर्नुपर्ने बताइन्। यसका साथै उनले धुरविरोधी माकपालाई पनि भाजपाविरुद्ध मिलेर लड़्ने अपील गरिन्। ‘देश तथा राज्यको हितका लागि भाजपालाई उखेलेर फ्याँक्न पर्नेछ’, ममताले भनिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here