आंशिक लकडाउनमा केही छुट, 28 जूनदेखि अन्तरजिल्ला आवागमन खुल्ने

0
862
(फाइल फोटो)

गान्तोक, 26 जूनः कोरोनाको बढ़्दो सङ्क्रमणलाई रोक्नका लागि सिक्किममा जारी आंशिक लकडाउनलाई थप केही छुटसहित आउँदो 5 जुलाईसम्म बढ़ाइएको छ।

गृह विभागले आज (शनिबार) जारी गरेको आदेशका अनुसार आउँदो 28 जूनदेखि राज्यमा अन्तरजिल्ला आवागमन मानिस तथा वाहन दुवैका लागि खुला रहनेछ। एड र इभन नम्बरको आधारमा वाहनहरूको चलाचल खुला रहने बताइएको छ।

आदेशमा बताइएअनुसार इभन मितिमा इभन नम्बरका वाहन अड मितिमा अड नम्बरका वाहन चल्नेछन्।

यो नियम चार चक्के र दुई चक्के दुवै प्रकारका वाहनमाथि लागू रहनेछ।

यसरी नै 28 जूनदेखि सबै रेस्टुराँले राति 10 बजेसम्म खुला रहने अनुमति पाएका छन्।

अहिले रेस्टुराँहरू 9 बजे रातिसम्म खुला रहने गरेका थिए भने यसमा थप एक घण्टा बढ़ाइएको छ। यद्यपि कोविड प्रोटोकल्सलाई पालन गर्दै क्षमताको अर्थात् 50 प्रतिशत मात्र ग्राहक रेस्टुराँमा बस्न पाउनेछन्।

यसरी नै रात्रि कर्फ्यु राति 10.30 बजेदेखि बिहान 6 बजेसम्म लागू रहने आदेशमा उल्लेख गरिएको छ।

नयाँ आदेश 28 जूनदेखि 5 जुलाई बिहान 6 बजेसम्मका लागि रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here