कालेबुङ, 26 जुलाईः कालेबुङ जिल्लामा कोरोना भाइरसका थप पाँचजना मामिला प्रकाशमा आएको छ।
टिस्टा बजारका र गोरुबथानका तीनजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको बताइएको छ।
जिल्ला प्रशासन सूत्रका अनुसार पाँचैजनाको केही दिनअघि स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो भने हिजो राति उनीहरू सबैको कोरोना रिपोर्ट पोजिटिभ आएको छ।
उल्लेखनीय छ, हिजो पनि टिस्टा र गोरुबथानमा एक-एकजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
पछिल्ला केही दिनयता फेरि कालेबङ जिल्लामा कोरोना सङ्क्रमण बढ़्न शुरू भएको छ।