सिक्किममा कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु

0
1107

गान्तोक, 26 जुलाईः सिक्किममा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ। राज्यमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो मामिला हो।

मृतक पूर्व सिक्किमको रोङ्लीनिवासी हुन्। उनी 68 वर्षका थिए। कोरोना सङ्क्रमित यी व्यक्तिको आज बिहान करिब 2.30 बजे मृत्यु भएको हो।

एसटीएनएम अस्पताल सूत्रका अनुसार यी व्यक्ति मधुमेह र उच्च रक्तचापजस्ता बिमारले पनि ग्रसित थिए।

जानकारीका अनुसार कोरोना सङ्क्रमित रहेका पुष्टि भएपछि उनलाई हिजो एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था केही गम्भीर रहेका कारण इन्टेनसिभ केयर युनिट (आईसीयू)-मा राखिएको थियो। तर उपचाराधीन अवस्थामा आज बिहानीपख उनको मृत्यु भएको छ।   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here