दार्जीलिङ शहर सुनसान

0
1229

दार्जीलिङ, 26 जुलाईः कोरोनालाई हराउन दार्जीलिङ प्रतिबद्ध बनेको छ। आज दार्जीलिङ शहरको स्थितिलाई हेर्दा यो स्पष्ट भएको छ।

प्रशासनले आवश्यक सामग्रीहरूका एक्लो दोकानहरूलाई खुल्ला राख्ने अनुमति प्रदान गरे पनि शहर नजिकतिरका एक्लो दोकानहरूले पनि आज बन्द नै पालन गरेर कोरोनालाई हराउने लड़ाइँलाई साथ दिएका छन्।

यदि दार्जीलिङ पहाड़का जनताको यस्तै साथ र सहयोग प्राप्त भए कोरोनालाई हराउने प्रशासन र स्वयं जनताको प्रतिबद्धता पूर्णरूपले सफल हुनेछ अनि यस्तो प्रतिबद्धताले मात्रै कोरोना सङ्क्रमणको चेन (शृङ्खला) तोड़िएर जानेछ।

आज साताव्यापी लकडाउनका पहिलो दिन शहरका सम्पूर्ण दोकान पूर्णरूपले बन्द साथै शहरमा मानिसहरूको आउजाउ शून्य बराबर रहेको कारण कठोर कारबाहीरको चेताउनी दिने पुलिस पनि सड़कमा आउनै परेन।

स्मरण गराइन्छ, हिजो 25 जुलाईको दिन राज्य सरकारले नै राज्यव्यापी लकडाउनको घोषणा गरेको थियो भने आजदेखि जीटीएले आह्वान गरेको सप्ताहव्यापी लकडाउन शुरू भएको छ।

जसका कारण दार्जीलिङका सड़कहरू सुनसान बनेका छन्, यातायात सेवा ठप्प बनेको छ, मानिसहरू घरभित्रै बसेका छन् अनि अत्यावश्यक कामले बाहिर निस्किएका मानिसहरूले मास्कको प्रयोग गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here