गान्तोक, 26 जुलाईः आज (आइतबार) सिक्किममा थप 45 वटा नयाँ मामिला थपिएको छ। यसका साथै आजका दिनसम्ममा राज्यमा कोरोना सङ्क्रमितहरूका कुल सङ्ख्या 545 पुगेको छ भने यीमध्ये 148 जना जाती भएर घर फर्किसकेका छन्।
आज कोरोना सङ्क्रमित पाइएका 45 जनामध्ये 14 जना पूर्व जिल्लाबाट र 31 जना दक्षिण जिल्लाबाट रहेका छन्।
यसको जानकारी राज्यका स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव पेम्पा टी. भोटियाले दिएका हुन्। उनका अनुसार राज्यमा अहिले कोरोना भाइरसका एक्टिभ केस 397 रहेको छ।
अर्कोतिर आज बिहान कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ। राज्यमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो मामिला हो। मृतक व्यक्ति पूर्व सिक्किमको रङ्गेलीनिवासी हुन्।