कालेबुङमा वाहन चालकको हत्या

0
953

कालेबुङ, 26 जुलाई : कालेबुङमा 32 वर्षीय वाहन चालक विभू मिजारको हत्या भएको घटना प्रकाशमा आएको छ । उनी कालेबुङ डुङ्ग्रा निवासी रहेको बताइएको छ।

अलगढा थानाका ओसी शङ्कर देले जानकारीका अनुसार चालक विभू मिजारको वाहनलाई हिजो सोमबार एकजना व्यक्तिले कालेबुङदेखि लाभाको कुवापानीसम्म भनेर रिजर्भ लगेका थिए । तर, साँझसम्म पनि चालक विभू मिजार सम्पर्कविहीन भएपछि उनकी श्रीमतीले कालेबुङ थानामा मिसिङ डायरी गरेपछि खोजी कार्य शुरू भएको थियो भने हिजै बेलुकीपख लाभादेखि केही टाढा सडक किनारमा रोकिराखेको अवस्थामा वाहन भेटिए पनि चालकको भने पत्तो लाग्नसकेको थिएन । आज बिहान वाहन रोकिराखेको ठाउँबाट करिब 50 फुट तल्तिर जङ्गलमा चालक विभू मिजारको शव रक्ताम्मे अवस्थामा भेटिएको पुलिस अधिकारी देले जानकारी गराएका छन्।

उनको घाँटी र अनुहारमा धारिलो हतियारले काटेको निशान छ ।

खोजी कार्यमा लाभा ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनका सदस्यहरूले पनि सहयोग गरेका थिए।

हिजो दिउँसो नै चालक विभू मिजारको हत्या भएको अनुमान गरिएको छ। यद्यपि हत्याराको पत्तो लागेको छैन। पुलिसले हत्यारालाई पक्राउ गर्न गहन अनुसन्धान शुरू गरेको छ ।

यसैबिच, चालक महासङ्घले यस हत्याकाण्डको घोर विरोध जनाउँदै हत्यारालाई पक्राउ गरी कठोर सजाय दिनुपर्ने माग गरेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here