नयाँ दिल्ली, 26 अगस्त : प्रख्यात लेखिका एवं एक्टिभिस्ट अरुन्धति राय भारतविरोधी बयानको कारण सोशल मिडियामा ट्रोल भइरहेकी छन्। पत्रकार एवं लेखक तारिक फतेहले अरुन्धतिको एक भिडियो शेयर गरेका छन्।
भिडियोमा उनले भनेकी छन्, ‘भारत एक मात्र यस्तो देश हो, जसले आफ्नै नागरिकहरूविरुद्ध सेना प्रयोग गर्छ। जबकि पाकिस्तानले पनि आफ्ना नागरिकहरूविरुद्ध सेनाको प्रयोग गर्दैन। साथै भिडियोमा अरुन्धतिले तथाकथित हिन्दु राष्ट्रवादको उल्लेख गर्दै अल्पसङ्ख्यक र ट्राइबल आबादी भएको स्थानमा सेना प्रयोग गर्नेगरेको बताएकी छन्।
यी प्रख्यात लेखिका एवं एक्टिभिस्ट भिडियो प्रकाशमा आएपछि उनीविरुद्ध सोशल मिडियामा चौतर्फी आलोचना भइरहेको छ। भारतविरोधी बयानकै कारण अहिले अरुन्धति सोशल मिडियामा ट्रोल भइरहेकी छन्। उनलाई पाकिस्तानका एजेन्ट र राजदूतसम्मको संज्ञा दिइरहेको छ।
तारिक फतेहले भिडियो शेयर गर्दै लेखेका छन्, ‘अरुन्धतिको दाबी छ, पाकिस्तानले कहिल्यै आफ्ना नागरिकविरुद्ध सेना प्रयोग गरेका छैन।’
उनले प्रश्न गरेकी छन्, ‘के अरुन्धति अन्धी र बहिरी छन्? के उनले 1971 बङ्ग्लादेशमा पाक सेनाद्वारा गरिएको तीन मिलियन मानिसको नरसंहार देखिनन्? के उनले बलचिस्तानबारे केही जाँदिनन्? या उनी आईएसआईद्वारा दिइएको नोटलाई पढ़िरहेकी छन्।’
मेजर जेनरल हर्ष काकरले ट्वीट गरेका छन्, -‘उनी यति अशिक्षित छिन् भन्ने कुरा थाह थिएन। पाकिस्तानले बलुचिस्तान र वर्जिस्तानमा हजारौं मानिस मारेको छ। यति हुँदा हुँदै पनि उनले पाकिस्तानले आफ्ना नागरिकविरुद्ध सेना प्रयोग नगरेको दाबी गरिरहेकी छन्। यस्ता असामाजिक देशद्रोही कहाँबाट आउँछन्। उनलाई लाज लाग्नुपर्ने हो।’
त्यस्तै प्रिया फ्लोरेन्स शाहले ठट्यौली पारामा ट्वीट गरेका छन्, ‘मैले पहिला नै भनेकी हुँ, अरुन्धतिले उत्कृष्ट काल्पनिक कथा लेख्छिन्। यो त्यसैको अंश हो।’ योगेश द्विवेदीले ट्वीट गरेका छन्, ‘हामीलाई मूर्ख बनाउनु छोड़िदेऊ। हामीलाई आफ्ना इतिहास र प्रजातन्त्रमाथि भरोसा छ। तिम्रो विषले तिम्रै नाश गर्नेछ। हाम्रो देशवे तिमीजस्ता मानिसहरूको पर्वाह गर्दैन।’